कभर स्टोरी भिडियो

मिलेर पनि नबस्ने, डिभोर्स पनि नदिने मुडमा न्यायाधीशपत्नी (भिडियोसहित) 

मिलेर पनि नबस्ने, डिभोर्स पनि नदिने मुडमा न्यायाधीशपत्नी (भिडियोसहित) 

काठमाडौं । न्यायधीश प्रकाशमान सिंह राहतले न्याय नदिएको र घरबाट निकाला गरेको भन्दै उनकी श्रीमती ललिता राउतले पत्रकार सम्मेलन गरेकी छन् । रिपोटर्स क्लब नेपालमा भएको उक्त सम्मेलनमा राउत र उनका दाजुभाउजुले न्यायाधीश सिंहसँग न्यायको माग गरे । राउतका अनुसार सिहंले किर्ते मुद्दा हालेर उनकी श्रीमती राउत र राउतका दाजुभाउजुलाई २२ दिन हिरासातमा राखे । 

 

श्रीमती ललिता राउतले न्यायाधीश सिंहले आफूलाई किर्ते र डिभोर्स मुद्दा होलेको बताएकी छिन् । उदयपुर जिल्ला अदालतबाट उनी र उनका दाजुभाउजुलार्ई केही समयअघि अनुसन्धानमा छोडिएको थियो । कुनै कारण नै स्पष्ट नपारी २२ दिन हिरासातमा राखेको भन्दै ललिताका दाजुले कारण खुलाएर इन्साफ दिनुपर्ने बताए । त्यस्तै उनकी श्रीमतीले पनि यही प्रश्न गरिरहेकी थिइन् ।

 


ललिताका अनुसार उनलाई न्यायाधीशले आमा हुने चाहनाबाट वञ्चित गरे । आमा बन्ने प्रस्ताव राख्दा हुन्छ हुन्छ भन्दै विभिन्न वाहानामा फकाइफुलाई पारेको र न्यायाधीशका केही गोप्य कुराबारे थाहा पाएपछि उनले डिभोर्सको माग गरेको ललिताले बताइन् । ललिताका अनुसार सुरूमा श्रीमान श्रीमतीबीच शारीरिक सम्बन्ध हुन्थ्यो । तर पछि भएन । 

">

उनले आफू कुनै पनि हालतमा डिभोर्स नदिने र न्यायाधीशले डिभोर्सको मुद्दा फिर्ता लिनुपर्ने माग राखेकी छिन् । यसअघि सामाजिक अभियानकर्ता साबित्री सुवेदीले उनलाई घर भित्र छिर्न मद्दत गरेकी थिइन् । तर, पछि राउतले सुवेदीलाई न्यायाधीशबाट पैसा खाएको आरोप लगाएपछि सुवेदी पनि यो केसबाट टाढिएकी छिन् । 

 

राउतका अनुसार यस्तो छ कहानी
विवाह गरेको केही समयपछि राउतले श्रीमानका केही कमजोरीबारे थाहा पाइन् । थाहा पाइसकेपछि त्यही समयमा सम्बन्ध विच्छेदको माग गर्दा सिंहले उनलाई धम्की दिए र सम्बन्द विच्छेद गर्नबाट रोक लगाए । लामो समयसम्म बच्चा नहुँदा पति पत्नीको सल्लाहमा ललिताका दाजुभाउजुको बच्चा धर्मपुत्र या पुत्रीको नाममा राख्ने योजना बनेको थियो । 

 

दाजुभाउजुको सन्तान नहुञ्जेल ललिता माइतीमै बसिन् र बच्चा जन्मिसकेपछि पतिको सहमतिमा उनकै नामबाट जन्मदर्ता पनि गराइन् । श्रीमान आउन नभ्याएपछि ललिताले किर्ते दस्तखत गरेर जन्मदर्ता गरेको दाबी गरिन् । पछि सन्तान लिएर आउँदा प्रकाशमानले घर भित्र छिर्न नदिएको उनले  बताइन । सिंहले उल्टै फर्जि किर्ते गरेको आरोपमा थुनाएको र धम्की दिएको उनले बताइन् । आफुलाइ मात्र नभइ आफ्ना दाजु भाउजु लाइ पनि थुनेको र प्रहरी चौकी नै गएर सिंहले गरे डिभोर्सको माग गरे ।  

 

यसरी बिना कुनै कारण जेलमा लगेर थुनाएकै अवस्थामा डिभोर्स नदिने भने पछि सिंहले उनीहरूलाई जेलबाट छुटाउन लगाए । कानूनी न्याय लड्न खोज्दा आफूहरूले वकालत गरिदिने वकिल सम्म पाउन नसकेको हुदाँ आफुहरुरू निरीए भएको ललिताका पक्षधरको गुनासो छ । साथै आफुहरुले संयुक्त राष्ट्रसंघमा पनि उजुरी गर्ने योजना रहेको उनीहरूले बताएका छन् । 
 

विशेष