अस्पतालबाट निर्मलाका बुवाले भनेः ‘प्रमाण नष्ट भो खै के समाउलान् अपराधी !’
काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार महिना नाघेको छ । तर, अझैसम्म दोषी सार्वजनिक हुन सकेन । सरकारले गठन गरेका अनुसन्धान समितीहरु निष्प्रभावि भएका छन् । यद्यपि दुइ जनालाई पक्रन सफल भएको प्रहरीको दावी छ ।
निर्मला पन्तको वलात्कारपछि हत्या आरोपमा पक्राउ परेका दुई अभियुक्त प्रदीप रावल र विशाल चौधरीले अपराध स्वीकारेका हन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीर्आइबी) का अनुसार प्रदीपले गफ गर्ने क्रममा आफू उत्तेजित भएपछि उखुबारीमा लगेर बलात्कार गरेको बताएका छन् । पछि विशालले समेत उनलाई बलात्कार गरेको र निर्मलाले प्रतिकार गरेपछि हत्या गरेको वयान दुवै जनाले दिएका छन् ।
‘दुवैलाई छुट्टाछुट्टै सोध्दा करिव ८० प्रतिशत कुरा मिल्दोजुल्दो छ’, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भनेका छन् ‘मोबाइलको विश्लेषणमा पनि घटनाका बेला उनीहरु त्यही क्षेत्रमा हुनु र घटनापछि गाउँमा बस्न छाड्नुले उनीहरुको संलग्नताको आधार बलियो बनाएको हो ।’
निर्मलाका आमा दुर्गादेवि पन्तले प्रहरीले प्रमाण नष्ट गरेपछि कसरी डिएनए हुन्छ भन्दै प्रश्न गरीन् । उनले भनिन्–प्रहरीले दोषिनै पुष्टी भएको आधारमा पक्राउ गरेको हो भने ठिकै हो । दोषिलाई सार्वजनिक गरीनुपर्छ । ’ उनले मूख्य गल्ति प्रहरीको भएको बताईन् ।
यस्तै निर्मलाका बुवा यज्ञराजले प्रहरीले पक्राउ गर्नु सकारात्मक कुरा भएपनि निर्मलाको डिएनए नभएर कसरी दोषि पुष्टि हुने भन्दै शंक्ता व्यक्त गरे । उनले भने–‘दोषिनै पत्ता लागेको भए प्रहरीले किन प्रमाण नष्ट ग¥यो त ? ’