मनोरञ्जन

कपिलको विवाहबारे सुनिलले यस्तो भने

कपिलको विवाहबारे सुनिलले यस्तो भने

एजेन्सी । बलिउडका चर्चित कमेडियन सुनिल ग्रोभर ‘कानपूरवाले खुरान्स’ नामको टिभि शो लिएर आउँदै छन् । यस कार्यक्रमको उद्घाटनको समारोहमा सुनिलले आफू कपिलले विवाह गर्न लागेको खबरले एकदमै खुशी भएको  बताए ।

 

उक्त समारोहमा आफ्ना सहयोगी कलाकार अपरशक्ति खुराना, उपासना सिंह र अली असगरसँग उपस्थित भएका सुनिललाई कपिलको विवाहबारे प्रश्न गरिएको थियो । उत्तरमा उनले भने, ‘कपिलको विवाहको खबरले म खुशी छु । उनलाई सुखी दाम्पत्य जीवनको पनि शुभकामना दिन चाहन्छु । हामीले सँगै धेरै राम्रा काम ग¥र्यौं । अब उनी जीवनको अर्को यात्रामा बाधिँदै छन् । म चाहन्छु कि उनी सधैं हाँसीखुशी रहुन् र अरूलाई पनि मनोरञ्जन दिलाउन् । उनी धेरै प्रतिभावान् छन् ।’ 

 

‘कानपूरवाले खुरान्स’ मा अपरशक्ति खुराना, अली असगर, उपासना सिंहसगै अन्य कलाकारको पनि प्रस्तुती हुनेछ । उक्त शो डिसेम्बर १५ तारिखबाट स्टार प्लसमा प्रशारण हनेछ ।

 

कमेडियन कपिल शर्मा डिसेम्बर १२ मा आफ्नी प्रेमिका गिन्नी चाटर्थसँग विवाह गर्दै छन् । विवाहको रिसेप्सन भने डिसेम्बर २४ मा हुनेछ । 
 

सुनिल ग्रोभर

विशेष