मुख्य समाचार

सिरहामा बम बिस्फोट, २ जना घाइते

सिरहामा बम बिस्फोट, २ जना घाइते

काठमाडौं ।   सिरहामा भएको बम विस्फोट भएको छ , विस्फोटमा परि २ जना घाइते भएका छन्।

 

 

जिल्ला प्रहरी कार्यालय सिरहाले दिएको जानकारी अनुसार आइतबार बिहान भगवानपुर गाउँपालिका–४ ठाडीमा बम विस्फोट भएको हो।

सिमावर्ती क्षेत्र ठाडीमा भएको बम विस्फोटमा परी स्थानीय २७ वर्षीय संजय यादव र २८ वर्षीय ओम प्रकाश यादव घाइते भएका छन्।

 

प्रहरीका अनुसार घाइते संजय र ओम प्रकाशको भारतस्थित लौकाहामा उपचार भइरहेको छ भने अवस्था खतरामुक्त रहेको  छ।

 

गाउँ नजिकै सिमावर्ती बलान खोलामा बिहान शौच गर्न गएका बेला बेवारिसे अवस्थामा राखिएको झोलालाई खोलेर हेर्न खोज्दा बम विस्फोट भएको प्रहरीले जनाएको छ।

विस्फोटबारे थप अनुसन्धान भइरहेको  प्रहरीले बताएको छ।

विशेष