मनोरञ्जन

‘जे सुकै होस’ पुस २० बाट प्रदर्शनमा 

‘जे सुकै होस’ पुस २० बाट प्रदर्शनमा 

काठमाडौं । चलचित्र ‘जे सुकै होस’ पुस २० गतेबाट सार्वजनिक हुने भएको छ। 

 

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी निर्माण युनिटले फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेको हो । यससँगै निर्माण युनिटले फिल्मको ट्रेलर पनि सार्वजनिक गरेको छ। 

 

सेक्स कमेडी जेनरमा निर्माण भएको चलचित्र जे सुकै होसको निर्देशन भने उमेश गुरुङले गरेका  हुन् । 

चलचित्रमा निर्देशक गुरुङ सहित चन्दा दाहाल, किस्मत तामाङ, रोशना श्रेष्ठ, सोनी गुरुङ, मेलिना ठकुरी, एन बि अन्जान, ईश्वर फुयाल, कृष्ण भट्टराई लगायतको अभिनय रहेको छ।

नवराजजंग थापा ‘जंगे’ को निर्माण रहेको चलचित्रमा सुरेश अधिकारी, लक्ष्मण शेष, नवराज जंग थापा, डी आर अटुको संगीत सुन्न सकिन्छ।


बनिस शाह र सलिक दुलालको सम्पादन रहेको यस चलचित्रमा उमेश गुरुको नै कोरियोग्राफी रहेको छ । 

विशेष