खेल

जितसँगै थ्रीस्टारले ग¥र्यो मनाङसँग बराबरी 

जितसँगै थ्रीस्टारले ग¥र्यो मनाङसँग बराबरी 

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आइतबारको खेलमा थ्रीस्टार क्लब विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा थ्रीस्टारले जाउलाखेललाई २-० ले हराएको छ । 

 

जितसँगै थ्रीस्टारले शीर्ष स्थानमा रहेको मनाङ मस्र्याङ्दी क्लबसँगको अंक बराबरी बनाएको छ ।मनाङको १८ अंक छ । 

 थ्रीस्टारलाई महत्वपूर्ण जित दिलाउन दुवै गोल रञ्जित धिमालले गरे । धिमालले खेलको ५२औं मिनेटमा पहिलो गोल गरे । पहिलो हाफ सम्म गोल रोक्न सफल जाउलाखेल दोस्रो हाफमा भने फितलो देखियो । 

 

जाउलाखेलका कुलदीप कार्कीले आफ्नो डिबक्सभित्र हृयान्ड गरेपछि थ्रीस्टारले पेनाल्टी पाएको थियो । खेलको ६९ औं मिनेटमा थ्रीस्टारका मिड्फिल्डर सुनिल बललाई फल गरेपछि कुलदीप कार्कीले रेडकार्ड खादै मैदानबाट बाहिरिएका थिए ।

फ्रीकिक प्रहार गर्न आएका रञ्जितले यो पटक पनि उत्कृष्ट गोल गर्दै थ्रीस्टारलाई २(० गोलको जित दिलाएका हुन् ।

सात खेलबाट ६ खेलमा जित र एक खेलमा हार ब्यहोेरेको थ्रीस्टारले १८ अंक बनाउँदै दोस्रो स्थानमा उक्लिएको हो । पराजित जाउलाखेल भने चार अंकसहित १२ औं स्थानमा छ ।

यस्तै आइतबार नै भएको अर्को खेलमा च्यासल युथ क्लबले फ्रेन्डस् क्लबलाई ३(१ ले पराजित गरेको छ । खेल हलचोकस्थित एपीएफ खेल मैदानमा भएको हो । 


च्यासलको जितमा कप्तान देवेन्द्र तामाङ, हेमन्त थापामगर र शान्तबहादुर तामाङले गोल गरे । फ्रेन्ड्सका लागि भने विकास लामाले गोल गरेका थिए ।

 

खेलको ११ औं मिनेटमा नै शान्तबहादुरले गोल गर्दै च्यासललाई सुरुवाती अग्रता दिलाएका थिए । तर १९ औं मिनेटमा विकास लामाले गोल गर्दै प्रmेन्ड्स क्लबलाई १-१ गोलको बराबरीमा पुर्‍याएका थिए ।
 खेलेका ५४ औं मिनेटमा कप्तान देबेन्द्रले पेनाल्टीबाट गोल गर्दै च्यासललाई २-१ गोलको अग्रता दिलाए । ६८ औं मिनेटमा हेमन्त थापामगरले गोल गर्दै टिमलाई ३-१ को जित दिलाएका हुन् ।

विशेष