मनोरञ्जन

नेपाल आइडलका प्रतिस्पर्धी रविलाई सुदूरपश्चिममा भव्य स्वागत

नेपाल आइडलका प्रतिस्पर्धी रविलाई सुदूरपश्चिममा भव्य स्वागत

कैलाली । एपीवान टेलिभिजबाट प्रसारण भइरहेको नेपाल आइडल सिजन-२ को उत्कृष्ट ४ मा पुग्न सफल रवि वडलाई गृह प्रदेश सुदूरपश्चिम पुगेका छन्। 

 

शनिबार धनगढी पुग्ने खबर पाएपछि समर्थक धनगढी विमानस्थलमा बिहान पञ्चेबाजासहित पुगेका थिए। 

 

रविको स्वागतका लागि विमानस्थलबाट बाजागाजा बजाएर धनगढी, अत्तरिया परिक्रमा गराएको हो। 

 

विमानस्थलमै समर्थकसँग कुराकानी गर्दै वडले उत्कृष्ट चारसम्म पुर्याएकोमा समर्थकलाई धन्यवाद दिए। अझै पनि आफूलाई भेट गर्न उनले अपिल गरेका छन्। 

 

नेपाल आइडल दोस्रो संस्करणमा रवि सुदूरपश्चिमका एक्ला प्रतिस्पर्धी हुन्। नेपाल आइडलमा अबको बिहीबार हुने प्रस्तुतिपछि हप्ता दिनका लागि भोटिङ खुल्ला रहने छ। 

 

यस भन्दा अगाडिको प्रस्तुतिमा १८ घण्टाका लागि मात्र भोटिङ खुल्ला हुँदै आएको थियो। यो समाचार अन्नपूर्ण पोस्टबाट लिइएको हो । 

नेपाल आइडल रवि वड

विशेष