मनोरञ्जन

पोखरामा बिक्रमलाई पञ्चेबाजाले स्वागत

पोखरामा बिक्रमलाई पञ्चेबाजाले स्वागत

पोखरा । नेपाल आइडलमा अन्तिम चारमा पर्न सफल विक्रम बराललाई पोखरामा शनिबार भव्य स्वागत गरिएको छ। 

 

नेपाल आइडल–२ मा टप फोमा परेपछि उनी गृहनगर पोखरा आएका हुन्। पोखरा विमानस्थलमा उनलाई स्वागत गर्न उनका शुभचिन्तकको भिड लागेको थियो। 

 

टप फोरमा पुग्न सफल भएकोमा बराललाई स्वागत गर्न पञ्जेबाजासमेत बजाइएको थियो। 

 

पोखरा विमानस्थलबाट उनलाई बाजागाजासहित नेपाल आइड–२ मा जित्न सफलता मिलोस भन्दै पोखराका विभिन्न स्थानमा परिक्रममा गरिइएको थियो। पहिलो नेपाल आइडल पोखराका बुद्ध लामा भएका थिए। 

 

दोस्रो नेपाल आइडलमा पोखराकै विक्रम बरालले राम्रो प्रस्तुति दिइरहेका छन्। 

 

विक्रम नेपाल आइड–२ बन्नेमा पोखरेलीको विश्वास छ। अध्ययन र संगीत दुबै क्षेत्रमा अब्बल विक्रम नेपाल आइडल–२ मा पनि उत्कृष्ट भएर नेपाल आइडल बन्नेमा विश्वस्त रहेको उनका संगीत गुरु नवराज बरालले बताए। नवराज पहिलो नेपाल आइडल बुद्ध लामाका पनि संगीत गुरु हुन्।  

 

विक्रम बराल अध्ययनमा पनि अब्बल छन्। मदरल्याण्ड उच्च माविका विद्यार्थी विक्रम प्लस टुमा कास्की जिल्ला टपर हुन्। बीबीएसमा पनि उनले विशिष्ट श्रेणी ल्याएका छन्। अध्ययन र संगीतलाई सँगसँगै अघि बढाएका बरालले संगीतमा करिअर खोज्ने सुनाए। 

 

उनले नेपाल आइडलको पहिलो संस्करणमा परीक्षा परेकाले बिचैमा छाडेका थिए। घरमा आमाले नै संगीतलाई माया गर्ने र बाबा पनि गीत संगीत भने पछि हुरुक्क हुने भएकोले संगीतमा रुची बढेको उनले सुनाए। 

 

कक्षा ५ मा अध्ययन गर्दा गाएको एउटा गीतबाट गुरुबाट प्रशांसा पाएपछि उनमा सानैदेखि गीत संगीततर्फ आकर्षण बढेको थियो। 

 

पोखरामा आयोजित पत्रकार सम्मेलनमा विक्रमले आफूले नेपाल आइडलमा आफ्नो प्रस्तुतिबाटै दर्शकको मन जित्न सकेकोले पोखरेली, गण्डकी प्रदेश र सम्पूर्ण नेपालीका माया पाउने उनले विश्वास गरे। 

 

पत्रकार सम्मेलनमा विक्रम बुवा शन्तराम, आमा सरस्वतीसँगै संगीत गुरु नबराजको साथमा बसेका थिए।  उनले आफ्नो सांगीतिक यात्राका बारेमा छोटो जानकारी दिए। 

 

कार्यक्रममा विक्रमकी आमा सरस्वतीले ‘कालीपारी दाइ कति राम्रो ढाका टोपी काँधैमा गलबन्दी’ बोलको गीत गाएर पत्रकार सम्मेलनमा प्रशांसा बटुलेकी थिइन्। आफू गीत संगीत भनेपछि भात खान नै बिर्सने उनले सुनाइन्। 

 

पहिले हाम्रो पालामा गीत गाउने अवसर नपाएकाले अहिले छोरोले आफ्नो सपना साकार पार्न लागेकोमा निकै खुशी रहेको उनले बताइन्।

 

 विक्रमका बुवा शन्तरामले पनि छोराले पढाइका साथै गीत संगीतमा पनि उत्कृष्ट रहेकोमा गौरव लागेका बताए।  यो समाचार अन्नपूर्ण पोस्ट दैनिकबाट लिइएको हो । 

पोखरा विक्रम बराल

विशेष