मुख्य समाचार

काठमाडौंको तापक्रम शून्यमा डिग्री झर्‍यो, उच्च पहाडी क्षेत्रमा हिमपात 

काठमाडौंको तापक्रम शून्यमा डिग्री झर्‍यो, उच्च पहाडी क्षेत्रमा हिमपात 

काठमाडौं। काठमाडौं उपत्यकासहित मुलुकभर चिसो बढेको छ भने उच्च पहाडी क्षेत्रमा हिमपात भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उपत्यकामा सोमबार बिहानको न्यूनतम तापक्रम शून्य दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ ।


महाशाखाका अनुसार जुम्लाको न्यूनतम तापक्रम माइनस ५ दशमलव १ डिग्री सेल्सियस पुगेको छ । आकाश खुला भएकाले चिसो हावा बहेर न्यूनतम तापक्रम घटेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार चिसो अझै बढ्नेछ ।

 

न्यूनतम तापक्रम घटेका कारण काठमाडौं उपत्यकासहित मुलुकभर चिसो बढेको छ । केही सातादेखि मुलुकभर चिसो बढ्दा जनजीवन कष्टकर बन्दै गएको छ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम शनिबारभन्दा १ डिग्री तल झरेको हो । शनिबारको न्यूनतम तापक्रम १ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो ।

 

आइतबार १ डिग्रीमा झरेको तापक्रम यस वर्ष माइनसमा जाने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तापक्रम घटेका कारण उपत्यकाको जनजीवनसमेत प्रभावित बन्दै गएको छ । उपत्यकाका फाँटमा बिहानीपख बाक्लो तुसारो पर्न थालेको छ । अझै न्यूनतम तापक्रम घट्ने हुँदा चिसो बढ्न सक्ने उनले बताइन् । शनिबार पूर्वदेखि पश्चिमसम्मको तराई भेगमा बाक्लो हुस्सु लागेको थियो । पहाड र हिमाली क्षेत्रमा भने मौसम सफा छ ।

 

पहाडी र हिमाली क्षेत्रमा आइतबार र सोमबार आकाश खुला भएको थियो । बिहानीपख बाक्लो तुसारो पर्ने र रातभर आकाश खुला हुनेक्रम रहेकाले केही दिन अझै चिसो बढ्ने मौसमविद्को दाबी छ ।


काठमाडौं उपत्यकाको न्यूनतम तापक्रमको विगत अवस्थालाई हेर्दा अहिलेसम्म माइनस ३ डिग्रीभन्दा तल झरेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार ११ जनवरी १९९८ मा हालसम्मकै सबैभन्दा कम न्यूनतम तापक्रम माइनस ३ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो ।

हिमपात काठमाडौंको तापक्रम

विशेष