खेल

बिग ब्यास लिगः सन्दीपले आज चौथो खेल खेल्दै

बिग ब्यास लिगः सन्दीपले आज चौथो खेल खेल्दै

काठमाडौं । नेपाली  क्रिकेटर सन्दीप लामिछानेले अष्ट्रेलियामा जारी बिग ब्यास लिग (बीबीएल) मा आज चौथो खेल खेल्दै छन् । खेल नेपाली समयअनुसार  दुई बजे मेलबर्न क्रिकेट मैदानमा खेल सुरु हुनेछ ।

 

सन्दीप रहेको टिम मेलबर्न स्टार्सले मेलबर्न रिनेगाडेससँग प्रतिस्पर्धा गर्न लागेको हो । यसअघिका तीनै खेल खेलिसकेका सन्दीपले आजको खेलमा पनि खेल्ने निश्चित जस्तै छ ।अष्ट्रेलियामा शानदार प्रदर्शन गरिहरेका सन्दीपले अहिलेसम्म तीन खेलबाट सात विकेट लिइसकेका छन् । उनले डेब्यु खेलमा नै उत्कृष्ट प्रदर्शन गर्दै विकेट लिन सफल भएका थिए ।  

 

पहिलो खेलमा सिड्नी थन्डरविरुद्ध सन्दीपले दुई विकेट लिएका थिए । त्यस्तै दोस्रो खेलमा होबार्ट हुरिक्यानेसविरुद्ध तीन विकेट लिएका थिए । तेस्रो खेलमा सिड्नी सिक्सर्सविरुद्ध पनि दुई विकेट लिएका थिए । 

 

तीन खेलमध्ये दुई खेलमा जित र एक खेलमा हार ब्यहोरेको मेलबर्न रिनेगाडेसले चार अंक बनाएर लिगको दोस्रो स्थानमा छ । मेलबर्न स्टार्स भने लिगको छैटौं स्थानमा छ । उसले खेलेका तीन खेलमध्ये दुई खेलमा हार र एक खेलमा जित हात पारेको छ ।

सन्दीप लामिछाने बिग ब्यास लिग

विशेष