कर्पोरेट भिडियो

पैसा कमाउने कसरी ?, सफल व्यवसायी शैलेन्द्रराजको सूत्र (भिडियो)

पैसा कमाउने कसरी ?, सफल व्यवसायी शैलेन्द्रराजको सूत्र (भिडियो)

काठमाडौं । शैलेन्द्रराज गिरी सफल व्यवसायी हुन् । केही वर्षअघि उनले मेरो जब डटकम सुरु गरेपछि पछाडि फर्केर हेर्नु परेको छैन ।

 

नेपालआजको ‘पैसा कुराको’ स्तम्भमा उनले खुलेर आफ्ना पैसाबारे अनुभव सुनाएका छन् । पैसा कमाउन सजिलो नभएको भन्दै सुरुमा काम सिक्न आफैँले तिर्नुपर्ने पनि उनको तर्क छ ।

 


‘कलेजमा पैसा तिरेर पढ्न जानुहुन्छ भने पैसा तिरेर काम सिक्न किन नजाने ?’ उनले भने, ‘काम गर्न कोही चाहन्छ भने पहिलो जवाफमा नै थाहा हुन्छ कि ऊ काम गर्ने हो की होइन ।’

 

दुखद् कलेज लाईफ

गिरीले कलेज पढ्दाताका पैसाको अभावमा संघर्ष गरेका दिनहरु पनि सुनाएका छन् । पैसा नहुँदा साथीसँग बसेर रोएको पुरानो घटना पनि उनले सम्झिएका छन् ।

 

‘साथीसँग १० रुपैयाँ सापटी लिएर त्यो पैसाले केही दिनसम्म खर्च चलाएको’ जस्ता घटना कहिल्यै बिर्सन नसक्ने भन्दै उनले आफ्नो पुराना दिन सम्झिए ।

 

रेष्टुरेण्टमा खान जाँदा पैसा तिर्ने मामिलामा केही मान्छे कन्जुस भएको बताउँदै उनले आफूसँग नभए सुरुमा नै भन्ने बताए ।

 

पैसाले आफैँ पछ्याउँछ

गिरी ठूला करदाता व्यवसायीमा पर्छन् । तैपनि आफूले कमाएको पैसा सित्तैमा कसैलाई नदिने उनले बताएका छन् ।

 

गिरीले युवाहरुलाई पैसा कमाउने तरिकाबारे पनि ब्याख्या गरेका छन् । उद्देश्य लिएर कामप्रति प्रतिबद्ध हुने हो भने पैशाले आफैँ पछ्याउने उनको तर्क छ ।

 

आफ्नो व्यक्तिगत सवालमा पनि पैसाले पछ्याएको बताउँछन् गिरी । पैसा कमाउने भन्दा पनि काम सिक्नु पहत्वपूर्ण भएको उनको अनुभव छ । र सिकेको अनुभवले नै आफैँ पैसा ल्याउने उनले बताए ।

विशेष