नेपालले युएईलाई हरायो, युएई ४ विकेटले पराजित
शीर्ष २ मा पर्ने सम्भावना कायमै
काठमाडौं । आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत नेपालले युएईलाई पराजित गरेको छ। आइतबार युएईको डब्लुएपी मैदानमा भएको खेलमा नेपालले युएईलाई ४ विकेटले पराजित गरेको हो।
युएईले दिएको १ सय १५ रनको लक्ष्य नेपालले २८.५ ओभरमा ६ विकेटको क्षतिमा पार गर्यो।
पहिलो खेलमा नामिबियालाई पराजित गरेको नेपाल दोस्रो खेलमा ओमानसँग ६ विकेटले हारेको थियो। युएईलाई हराएर दोस्रो जित हात पारेको नेपालको प्रतियोगिताको शीर्ष २ मा रहेर एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा छानिने सम्भावना कामयै छ।