मनोरञ्जन

प्रेमदिवस मनाउनुहोस् यसरी, ८ स्टेप

प्रेमदिवस मनाउनुहोस् यसरी, ८ स्टेप

भेलेंटाइन डे अर्थाक प्रेम दिवस ७ दिन अघि भेलेंटाइन हप्ताको रूपमा चिनिन्छ। हरेक दिन यसको आफ्नै महत्व रहेको छ, जसले तपाईंको प्रियजनहरूलाई खुसी राख्न वा मनाउन विभिन्न कारण दिन्छ । मानिसहरू आफ्ना प्रियजनहरूका साथ केही गुणस्तरको समय खर्च गर्न तत्पर हुन्छन् र सदाको लागि पुरानो सम्झनाहरू बनाउँदछ। यसै दिनलाई विभिन्न मूलुकमा प्रेम दिवस, पवित्र दिवस, प्रणय दिवस जस्ता विभिन्न नामले मनाउने चलन छ ।

 

२०औं सताव्दीपछि विश्वभरि नै यस दिनलाई एउटा उत्सवकै रूपमा मनाउन थालिएको छ । प्रेम दिवसको दिन खासगरी युवायुवतीहरुले एकअर्काबीच व्यक्त गर्न नसकेको प्रेमलाई व्यक्त गर्ने दिनका रुपमा उपयोग गर्दछन् । युरोपेली मूलुकहरुमा बस्ने क्याथोलिक र रोमन समुदायका नागरिकले भने भेलेंटाइन डेको दिनलाई विशेष र भिन्न रुपमा मायाको पर्वको रुपमा मनाउने गर्दथे । तर पछिल्लो समयमा आएर विश्वभर यस दिनलाई प्रेम दिवसका रुपमा मनाउन थालिएको हो । भेलेंटाइन डेको दिन युवायुवतीहरुले आफ्ना प्रेमीप्रेमिकाहरुलाई रातो गुलाफको फुल उपहारका रुपमा आदान–प्रदान गरेर प्रेम दिवस मनाउँदछन् ।

१. रोज डे

हप्ताको सुरुवात अर्थाक ७ औं फेब्रुअरीको दिन देखी सुरु हुने यो दिवस पहिलो दिन रोज डे मनाईन्छ। यस दिन युवायुवतीहरुले आफ्ना प्रेमीप्रेमिकाहरुलाई रातो गुलाफको फुल उपहारका रुपमा आदान–प्रदान गरेर प्रेम दिवस मनाउँदछन् ।तर एक उपहार दिन अघि, तपाइँलाई थाहा छ कि गुलाब धेरै रंगहरुमा हुन्छ । उदाहरणका लागि, रातो गुलाबहरू प्रेमको लागि खडा हुन्छ भने पहेंलो गुलाब साथीहरूको लागि हुन्छ। तपाईं कुन सन्देश पठाउन चाहनुहुन्छ भन्ने आधारमा सावधानीपूर्वक गुलाब छनौट गर्नुहोस् ।

 

२. प्रपोज डे

हप्ताको दोस्रो दिन फेब्रुअरी ८ प्रपोज डेको रूपमा मनाईन्छ । यो दिन आफुले मन पराएको व्यक्तिलाइ निर्धक्क भएर आफ्नो प्रेम प्रस्ताव राख्न सकिन्छ । हुन त बर्षदिन भरि मन परेको व्यक्तिलाई प्रेम प्रस्ताव राख्न भ्यालेन्टाइनको पर्पोज डे नै कुर्ने कमै होलान तै पनि यस दिन अली विशेष दिन भएकाले पर्पोज गरेको प्रेम प्रस्ताव स्विकृत हुन्छ भन्ने विस्वास रहदै आएको छ ।

 

३. चक्लेट डे

हप्ताको तेस्रो दिन फेब्रुअरी ९ चक्लेट डेको रूपमा मनाईन्छ । यस दिन अली फरक ढंगले मनाईने गर्दछ चक्लेट लगायतका मिठामिठा परिकार खुवाएर आफुले मन पराएको व्यक्तिको मन जित्ने गरिन्छ । जसले गर्दा एक आपसमा मायारप्रेम र सद्भावको वृद्वि हुन्छ ।

४. टेड्डी डे

हप्ताको चौंथो दिन फेब्रुअरी १०. टेड्डी डेको रूपमा मनाईन्छ। प्राय हरेक प्रेमीप्रेमिकाहरुलाई टेड्डी अर्थाक गुडिया मन पर्ने गर्दछ । एकदमै नरम , मुलायम र कोमल प्रकारको बस्तु हो । माया कोमल हुने भएकाले कोमलताको प्रतिकका रुपमा टेड्डी अर्थाक गुडिया दिने चलन छ । बजारमा बिभिन्न आकार प्रकारका सुन्दर टेड्डीहरु पाइन्छन् ।

 

५. प्रोमिस डे

प्रोमिस डे फेब्रुअरी ११ मा अर्थाक हप्ताको पाचौं दिनमा मनाईने गरिन्छ । मायामा विश्वास दिलाउनको लागि प्रोमिसको जरुरी पर्दछ । हरेक प्रेमीप्रेमिकाहरु जीवनभर साथ निभाउने प्रोमिस गरेको हुन्छ तर यस दिन गरेको प्रोमिसको अर्थ नै बेग्लै हुन्छ भन्ने बिश्वास छ ।

 

६. हग डे

हग डे फेब्रुअरी महिनााको १२ औं दिनमा मनाईने गरिन्छ । हग गर्नेलाइ हामी अँगालोमा बाधिने भन्ने बुझ्छौ । यो दिन आफुले मन पराएको व्यक्तिसंग न्यानो अगालोमा बाधीएर एक आपसमा मायाको अनुभुती प्रकट गर्ने गरिन्छ । यस दिनलाई मायामा विश्वासको कदम बलियो बनाउने र जति कसिलो अगालोमा बाध्नु भयो तपाइको माया त्यति कसिलो हुन्छ भन्ने बिश्वास छ ।

 

७. किस डे

किस डे १३ फेब्रुअरी अर्थात भ्यालेन्टाइन डेको एक दिन अगाडि मनाउने गरिन्छ । यस दिनलाई चुम्वन दिवस पनि भन्ने गरिन्छ । किस गरेर माया प्रदर्शन गर्ने एउटा माध्यम पनि हो । यस दिनमा प्रेमी प्रेमीका बिच आफ्नो मायालार्इ सुमधुर र बलियो बनाउनको लागि चुम्बन पनि निकै नै महत्वपूर्ण भुमिका रहेको हुन्छ । आफ्नो मायालाइ व्यक्त गर्ने आधारको रुपमा रहेको चुम्वनको माध्यमबाट पनि मायाको प्रदर्शन गर्न गरिन्छ।

 

८. भ्यालेन्टाइन डे

आठौ दिन या नि कि अन्तिम दिन १४ फेब्रुअरीमा भ्यालेन्टाइन डे मनाउने गरिन्छ । फेब्रुअरी १४ एक महत्वपूर्ण दिनको रुपमा चिनिन्छ । यस दिन माया गर्नेहरुको लागि यो एउटा अवसर भएकाले यस दिनमा प्रेमी प्रेमीका हरू एक आपसमा खुलेर एक अर्कालाइ खुशी पार्न तल्लिन हुन्छन् । ठुल्ठुला र महङगा उपहारका ठेली भन्दा पनि जीवन भर याद दिलाइ राख्ने उपहारहरु एक अर्कामा अर्पण गर्ने गर्दछन । यो दिन माया गर्नेहरुको इतिहासमा भिन्न अर्थपूर्ण रहेको हुन्छन् र कयौं यूवा यूवतीले अरु दिन व्यक्त गर्न नसकेका मनका भावनाहरु व्यक्त गर्दछन् ।

विशेष