शिवरात्रिको अघिल्लो साँझ पशुपतिमा जे देखियो (फोटोफिचर)
प्रविन दाहाल / चन्द्र राई
काठमाडौं । पशुपतिमा बाबाको भीड लागेको छ । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा नेपालका विभिन्न जिल्ला तथा भारतबाट आएका सन्यासी बाबा, भक्तजनलगायत अन्य सर्वसाधारणको व्यापक भीड लागेको हो ।
पशुपति क्षेत्रमा शिवरात्रिको चलहपल बढेसँगै सेता तथा गेरुधारी वस्त्रमा सजियका बाबा तथा साधुहरुलाई हेरेर स्वदेशी तथा विदेशी पर्यटकहरु रमाइरहेको दृश्य देखिन्छ । त्यस्तै, बाबाहरु पनि आफ्नै तालमा रमाइरहेका छन् । कोही गाँजा तानिरहेका त कोही ‘बाबाके नाम पर कुछ दो’ भनेर हिन्दी भाषामा भक्तजनलगायतसँग पैसा मागिरहेका छन् ।
शिव भक्तका रुपमा चिनिने बाबाहरुले नागा बाबाहरु पनि प्रत्येक वर्ष जस्तै यो वर्षको शिवरात्रिको शिवरात्रि मनाउन यहाँ आइसकेका छन् । फागुन कृष्ण एकादशी अर्थात् विजया एकादशीका दिनदेखि नागा बाबा पशुपति मन्दिरभित्र छिर्नु पर्ने परम्पराअनुसार ५ सयभन्दा बढी नागा बाबा पशुपति क्षेत्र भित्र छिरिसकेका गुठी संस्थानले जनाएको छ ।
नागा बाबासँगै साधुबाबाहरु पनि हजारौँको संख्यामा पशुपति क्षेत्रमा प्रवेश गरेका छन् । गुठी संस्थानले बाबा तथा साधुहरुको सेवा सुरु गरिसकेको जानकारी दिएको छ ।
एकादशीमा फागुन कृष्ण औँशीका दिनपछि मन्दिरभित्र नागा बाबा पशुपतिबाट विदा हुनछन् । नागा बाबा पशुपति मन्दिर छिर्नुअघि कपडा लगाएर छिर्नुपर्ने र निस्कँदा पनि कपडा लगाएरै बाहिरिनुपर्ने नियम रहेको छ । बाबा तथा बाहिरिदा उनीहरुको वरियता अनुसार दान दक्षिणा दिएर पठाउने चलन गुठी संस्थानले जानकारी दिएको छ ।
पछिल्लो समय पशुपति क्षेत्रमा बाबाका नाममा ठगी धन्दा मौलाएको पशुपतिको दर्शन गर्न आएका दर्शनार्थीहरुले बताउने गरेका छन् । सयौँको संख्यामा उपस्थित बाबाहरुले ठगी गर्ने पैसा मागेर सर्वसाधरणलाई सताउने गरेको भक्तजनको गुनासो छ ।
यो पटक शिवरात्रिको अवसरमा पशुपति क्षेत्र वरपर गाँजा, भाङलगायतका लागूऔषध निषेध गरेको छ । यस्ता लागूऔषधको कारोवार नगर्न र आफू पनि सेवान नर्गन पशुपति क्षेत्र विकास कोषले अनुरोध गरेको छ ।