समाज भिडियो कभर स्टोरी

पशुपतिनाथ मन्दिरमा भारतीय बाबाको चर्तिकला (भिडियो)

बाबाको औतारी रुप हेर्न यसरी झुम्मिए युवा–युवती

पशुपतिनाथ मन्दिरमा भारतीय बाबाको चर्तिकला (भिडियो)

काठमाडौं । हिन्दु धर्मावलम्बीको महान् चाड शिवरात्री मंगलबार पशुपतिनाथसहित देशभरका शिवालयमा धुमधामका साथ मनाइँदैछ ।

 

यस पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा पूजाको लाईन बस्नेहरुको भीड मात्रै छैन । छेउमै छन् थुप्रै संन्यासी बाबाहरु पनि । यही पर्वका लागि भनी केही साताअघि नै भारतबाट समेत बाबा यहाँ आउने चलन छ ।

 

यसरी आउनेहरुको उद्देश्य हुन्छ कि, असल रुपमा शिवजीको पूजा गरी आराधना गर्ने । तर केही भने बाबाको नाममा गाँजा, भाङ बिक्री गर्दै रक्सीले मातेका हुन्छन् ।

 

प्रहरीले त्यसरी गाँजा बिक्री गर्नेलाई पक्राउ गरे पनि पशुपतिक्षेत्रमा शिवरात्रीको बेला छ्याप्छ्याप्ती गाँजा बेच्नेहरुको बिगबिगी हुन्छ ।

 

हामीले यहाँ केही बाबाहरुसँग उनीहरु असल बाबा हुन् वा होइनन् ? किन यस्तो संन्यासी जीवन प्यारो लाग्यो ? जस्ता प्रश्न सोधेका छौँ ।

 

हाम्रो क्यामेरामा धेरैजसो बाबा बोल्न तयार भएनन् । केहीले भने पैसा मागे । यद्यपि हाम्रो अनुरोधपछि केही बाबाहरु भिडियोमा देखिएरै बोलन मन्जुर भए ।

 

विशेष