नेपालको सनसनीपूर्ण जीत, अब विश्वकप छनोटका लागि खेल्ने
करण केसीकाे उत्कृष्ट ब्याटिङले अन्तिम बलमा जितायाे
नामिबियामा भइरहेको आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ को अन्तिम लिग खेलमा क्यानडाविरूद्ध नेपाल विजयी भएकाे छ ।
खेलकाे अन्तिम बलमा जितकाे लागि एक रन बाँकी रहँदा करण केसीले रन लिँदै नेपाललार्इ एेतिहासिक जित दिलाएका हुन् । यसका साथै वान डे विश्वकप छनाेटमा पनि पर्न सफल भएकाे छ ।
अन्तिम विकेटकाे लागि करण केसीले ३१ बलमा नटअाउट ४२ रन बनाउँदै नेपाललार्इ जित दिलाए । उनले ४ छक्का र ३ चाैका प्रहार गर्दै नेपाललार्इ अन्तिम बलमा जित दिलाए ।
नेपालले निर्धारित ५० अाेभरमा ९ विकेट गुमाउँदै १९५ रन बनाउन सफल भयाे ।
जवाफि ब्याटिङमा उत्रेकाे नेपालकाे सुरूवात खराब रह्याे । कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर जस्ता खेलाडी सस्ताेमै समेटिए पछि नेपाली ब्याटिङ लाइन खस्केकाे थियाे ।
नेपालकाे लागि अाेपनर दिलिप नाथले सर्वाधिक ४१ रन बनाए । त्यस्तै १५ वर्षीय पाैडेलले २७, अारिफ शेखले २६ रन, दिपेन्द्र सिंह एेरीले १८ तथा करण केसीले नटअाउट ४२ रन बाहेक अन्यले दाेहाेराे अंक जाेड्न सकेनन् । क्यानडाकाे लागि पर्वेजले सर्वाधिक तीन विकेट लिए । त्यस्तै साद बिन जफर तथा निखिल दत्तले दुर्इ तथा धिन्दसाह र हेलिगरले एक–एक विकेट लिए ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले ५० ओभर पूरै खेल्दै ८ विकेटको क्षतिमा १९४ रनको योगफल बनाएकाे थियाे ।
क्यानडाको लागि सुरुवाती व्याट्सम्यान श्रीमन्था विजेयरत्नेले सतकीय प्रहार गरे । १५२ बल प्रहार गरेका उनले ८ चौकाको मद्वतमा अजिजित १०३ रन जोडेका हुन् । त्यस्तै क्यानडाको अर्का व्याट्सम्यान हम्जा तारिकले २४ रन तथा सादविन जाफरले १० रन जोड्नु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।
बलिङतर्फ वसन्त रेग्मीले तीन विकेट लिए भने सन्दिप लामिछानेले २ तथा शरद भेषावकरले र करण केसीले एक एक विकेट लिए ।
प्रतियोगिताको शीर्ष दुई स्थानमा रहँदै वान डे विश्व कप छनोट खेल्न टोलीका लागि आजको जित महत्वपूर्ण थियाे ।