प्रधानमन्त्री देउवाले आज राष्ट्रको नाममा सम्बोधन गर्ने
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा आज राष्ट्रको नाममा सम्बोधन गर्दै छन् । नयाँ सरकार गठनको पूर्वसन्ध्यामा प्रधानमन्त्री देउवाले राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन् ।
निर्वाचन आयोगले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने समानुपातिक सांसद्को सूची राजनितिक दललाई बुझाएसँगै नयाँ सरकार गठन प्रक्रिया सुरु हुन्छ ।
प्रधानमन्त्री देउवाले आज राष्ट्रको नाममा सम्वोध गर्दै नयाँ सरकार गठको लागिमार्ग प्रशस्तगर्ने उनी निकट स्रोतले जनाएको छ ।
राष्ट्रको नाममा गरिने सम्बोधन, राजिनामा दिने वा नदिने बारेमा अहिले प्रधानमन्त्री देउवाले पार्टीका नेतासँग छलफल गरिरहेका उनका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । संविधान अनुसार निर्वाचनआयोगले राष्ट्रपतिलाई प्रतिनिधिसभाको मतपरिणाम बुझाएपछि नयाँ सरकार गठन प्रक्रिया सुरु हुन्छ ।
संसद्मा बहुमत प्राप्त राजनीतिकदलको संसदीयदलको नेतालाई प्रधानमन्त्रीबन्ने संविधानविद् डा. विपिन अधिकारीले जानकारी दिए । नयाँ सरकार गठनको लागि प्रधानमन्त्री देउवाले राजिनामा दिइरहन नपर्ने उनको भनाइ छ ।