हुम्लाबाट निर्वाचनमा भाेट हाल्न गएका ७ गाउँपालिका प्रतिनिधि हराए
हुम्ला । हुम्ला जिल्लाका सात वटै गाँउपालिकाका प्रमुख र उपप्रमुख नहुँदा स्थानीय स्तरमा हुने काम कारवाही प्रभावित भएका छन् । गत माघ २४ गते राष्ट्रियसभाको निर्बाचनमा मतदान गर्न गएका गाँउपालिकाका अध्यक्ष र उपाध्यक्ष नफर्किदा समस्या भएको हो ।
मतदानको पछिल्लो दिन सिमकोट गाँउपालिकाका अध्यक्षमात्र जिल्ला फर्किएका छन् भने अन्य ६ वटा गाँउपालिकाका अध्यक्ष तथा उपाध्यक्ष जिल्ला फर्केका छैनन् ।
आफुु भने तत्काल जिल्ला फर्केको सिमकोट गाँउपालिकाका अध्यक्ष पदम बहादुुर लामाले बताए । अध्यक्ष नहुुँदा धेरै काम रोकिने भए पछि छिट्टै जिल्लामा आएर चार वटा समस्या समाधान गरि सकेको उनले बताए ।
अध्यक्षको काम बाधा अड्काउ फुुकाउ, समस्या आए समधान, नीति निर्माण गर्नु भएपनि यतिखेर छ वटा गाँउपालिकाका अध्यक्ष तथा उपाध्यक्ष सवै जिल्ला बाहिर रहेको कारण यी काम सबै रोकिएका छन् ।
प्रत्येक गाँउपालिकाका उपाध्यक्षको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति गठन गरिएकोमा सात वटै गाँउपालिकाका उपाध्यक्ष जिल्ला बाहिर हुुँदा न्याय सम्बन्धि काम पनि रोकिएका छन ।
निर्वाचनका बेला जनतासँग सँगै बस्ने बाचा गरेर निर्वाचित भएका जिम्मेवार जनप्रतिनिधिहरु जिल्ला बाहिर बस्नु दुखद् कुरा भएको मतदाताले गुनासो गरेका छन् ।