अनुष्काको डरलाग्दो रुप, हेर्नुहोस् भिडियो

बलिउड अभिनेत्री अनुष्का शर्माको नयाँ फिल्म ‘परी’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको नाम ‘परी’ भएपनि अनुष्काको डरलाग्दो रुप देखाइएको छ ।
यो फिल्म २ मार्चमा रिलिज हुँदैछ । विवाहपछि अनुष्काको यो पहिलो फिल्म हो । ‘परी’ लाई प्रोसित रोयले निर्देशन गरेका हुन् ।
अनुष्कासँगै परमब्रता चटर्जी, रजत कपूर र रीता बिहारी चक्रवर्तीको पनि फिल्ममा प्रमुख भूमिका छ । यो फिल्मलाई अनुष्का आफैंले निर्माण गरेकी हुन् ।
उनको प्रोडक्शन कम्पनी क्लीन स्लेट प्रोडक्शनको यो तेस्रो फिल्म हो । यसभन्दा अगाडि फिल्म ‘एनएच १०’ र ’फिल्लौरी’ निर्माण गरिसकेको छ । फिल्म ’एनएच १०’ मा अनुष्काको भूमिकालाई दर्शकले निकैै रुचाएका थिए ।
Anuska Sharma pari