मनोरञ्जन

‘कान्छी’ को लगानी फिल्म प्रदर्शन अगावै सुरक्षित

‘कान्छी’ को लगानी फिल्म प्रदर्शन अगावै सुरक्षित

निर्मात्री तथा अभिनेत्री श्वेता खड्का र अभिनेता दयाहाङ राई अभिनित फिल्म ‘कान्छी’ ले रिलिज अगावै आफ्नो लगानी सुरक्षित गरेको छ ।

 

प्रचारसहित चलचित्रको लागत २ करोड बताइएको छ । तर, रिलिज अगावै ब्रान्ड र डिजिटल तथा ओभरसिज राइटसबाट यसको लगानी सुरक्षित भएको हो ।

 

जानकारी अनुसार, ब्राण्ड पार्टनरबाट ८० लाख र डिजिटल र ओभरसिज राइट्सबाट निर्मात्री श्वेता खड्काले १ करोड २२ लाख हात पारिसकेकी छिन् । अब चलचित्रले नेपालबाट गरेको व्यापार श्वेताको नाफा हुने बताइएको छ ।

 

श्वेताले चलचित्रमा कान्छीको भूमिका निर्वाह गरेकी छिन् । चलचित्रका निर्देशक आकाश अधिकारी रहेका छन् । पुरुषोत्तम प्रधानको छायांकन, शम्भूजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ । चलचित्रमा अनु शाह, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको पनि अभिनय हेर्न सकिन्छ ।

Sweta Khadka kanchi

विशेष