मनोरञ्जन

फिल्म ‘साथ–साथ’ बन्ने

फिल्म ‘साथ–साथ’ बन्ने

नेपाली फिल्म ‘साथ–साथ’ बन्ने भएको छ । सुमन घिमिरेको निर्देशनमा फिल्म ‘साथ–साथ’ बन्ने भएको हो । फागुन दोस्रो साताबाट छायांकन सुरु हुन लागेको यो फिल्मको बिहीबार राजधानीमा एक कार्यक्रमका बीच निर्माण घोषणा गरिएको छ । फिल्ममा अधिकांश नयाँ कलाकारहरुलाई देख्न सकिन्छ ।

 

रेशा श्रेष्ठको लगानीमा निर्माण हुने फिल्ममा शुशील पोख्रेल, रेशा श्रेष्ठ, किरण थापा, भेषराज खत्रीलगायतका कलाकारहरुको अभिनय रहनेछ ।

 

यो फिल्मबाट आशिष अर्यालले अभिनेताको रूपमा डेब्यू गर्दैछन् । श्री तिमल्सिना फिल्म प्रोडक्शनको ब्यानरमा बन्ने फिल्मको कथा कलाकार शुशील पोख्रेलले लेखेका हुन् । फिल्मलाई २०७५ माघ १ गते रिलिज गर्ने निर्देशक घिमिरेले जानकारी दिएका छन् ।

 

यस्तै, नव–नायक आशिषले ‘साथ–साथ’ आफ्नो करिअरका लागि महत्वपूर्ण रहेको बताए । उनले यो फिल्म आफनो करिअरको टर्निङ प्वाइन्ट बन्नेमा समेत विश्वास लिएका छन् ।

film saath saath

विशेष