काठमाडौंमा मानसिक स्वास्थ्य सम्बन्धी अन्तर्रा्ष्ट्रिय सम्मेलन हुने
काठमाडौं । काठमाडौंमा मानसिक स्वास्थ्य र मनोसामाजिक क्षेत्रको सुधारका लागि दुई दिने अन्तर्रा्ष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन हुने भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखाको समन्वयमा भोलि र पर्सि सम्मेलन हुन लागेको हो ।
नेपाल सहित भारत, अष्ट्रेलिया, नर्वे लगायत राष्ट्रका विशेषज्ञहरुले मानसिक स्वास्थ्य सम्बन्धी ९५ वटा कार्यपत्र प्रस्तुत गर्ने महाशाखाका जनस्वास्थ्य अधिकृत विजयक्रान्ति शाक्यले बताउनुभयो ।
नेपालको कुल जनसंख्याको ३७ दशमलव ५ प्रतिशत मानिसमा मानसिक स्वास्थ्यको समस्या रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । सम्मेलनमा मानसिक स्वास्थ्य नीतिका विभिन्न पक्षहरु माथि छलफल गरिने शाक्यले जानकारी दिनुभयो ।
मानसिक स्वास्थ्य तथा मनोसामाजिक क्षेत्रको प्रवर्धन, रोकथाम, उपचार र पुनस्र्थापनामा सम्मेलन केन्द्रित रहनेछ ।