खेल मुख्य समाचार

डिभिजन–२: युएईले नेपाललाई दियो २७८ रनको लक्ष्य

डिभिजन–२:  युएईले नेपाललाई दियो २७८ रनको लक्ष्य

काठमाडाैं । आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ को उपाधिका जित्न युएईले नेपाललाई २ सय ७८ रनको लक्ष्य दिएको हाे। नामिबियाको वन्डरर्स मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा  ४ विकेटको क्षतिमा २ सय ७७ रन जोड्यो। 

 

युएईका लागि ओपनिङ ब्याट्सम्यान अस्फक अहमेदले शतक प्रहार गरे। उनले सन्दीप लामिछानेको बलमा क्याच आउट हुनुअघि १ सय १४ रनको सानदार इनिङ खेले। जारी प्रतियोगितामा एकै इनिङमा बढी रन प्रहार गरेका उनले १ सय २३ बलमा १० चौका र ३ छक्का प्रहार गरे। 

 

राम्रो सुरुवात गरेको युएईले पहिलो विकेटको लागि १ सय ९ रनको साझेदारी गरेको थियो। युएईका ओपनर तथा कप्तान रोहान मुस्ताफालाई ५१ रनमा आउट भएपछि नेपालले पहिलो विकेट हात पारेको थियो। नेपालका लागि बसन्त रेग्मीले पहिलो सफलता दिलाएका थिए। मुस्ताफाले ७४ बल खेल्दा ७ चौका प्रहार गरे। 

 

नेपालले दोस्रो विकेटको रुपमा गुलाम सब्बारलाई १८ रनमा रनआउट गरेको हो। सन्दीप लामिछानेले उनलाई रनआउट गराएका थिए।

 

यस्तै आक्रामक ब्याटिङ गरेका शइमान अन्वार ४० रनमा आउट भए। उनलाई सोमपाल कामीले रोहित कुमार पौडेलबाट क्याच गराए। आउट हुनुअघि उनले २४ बलमा २ चौका र ३ छक्का प्रहार गरे। 

 

यस्तै रमिद साहजादले ४६ बलमा नआउट ४१ रन जोडे। 

 

बलिङतर्फ नेपालका सन्दीप लामिछाने, बसन्त रेग्मी र सोमपाल कामीले १–१ विकेट हात पारे। सन्दीपले १० ओभरमा ३९ रन खर्चिदा बसन्तले समान ओभरमा ५३ रन खर्चिए। प्रतियोगितामा प्रत्येक खेलमा विकेट लिएका उनले १७ विकेट लिन सफल भए । उनी सर्वाधिक विकेट लिने खेलाडीको पहिलो स्थानमा छन्।

 

नेपाल र युएईबीच प्रतियोगितामा दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि लिग चरणमा भएको खेलमा नेपालले युएईलाई ४ विकेटले पराजित गरेको थियो। ३४ ओभरमा घटाइएको खेलमा पहिले ब्याटिङ गरेको युएईले १ सय १४ रन जोडेको थियो। कप्तान पारस खड्काले ५१ रन जोडेपछि नेपालले ३१ बल खेल्न बाँकी छदा ६ विकेटको क्षतिमा लक्ष्य पार गरेको थियो। 

विशेष