डिभिजन टू : नेपाल च्याम्पियनका लागि चुक्यो, पारसको विष्फोटक ब्याटिङ
डिभिजन टूको उपविजेतामा सिमित
काठमाडौं । आइसीसी डिभिजन टूको फाइनलमा २७८ रनको विजयी लक्ष्य पाएको नेपाल युएईसँग ७ रनले पराजित भएको छ ।
२७८ रनको विजयी लक्ष्य पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २७७ रन मात्र बनाउन सक्यो ।
नेपालले सातौँ विकेटका रुपमा करण केसीलाई व्यक्तिगत २ रन बनाएको अवस्थामा गुमाएको छ । करणले बुधबार नेपाललाई अविश्वशनीय जित दिलाएका थिए । मात्र २ बल सामना गरेका केसीलाई अमिर हायातले पेभेलियन फकाईदिए ।
त्यस्तै छैटौँ विकेटका रुपमा नेपालले रोहित पौडेललाई गुमाएको थियो । उनले २३ रन बनाएका थिए ।
नेपालको पाँचौ ११ बलमा ७ रन बनाएका आरिफ शेखलाई इमरान हैदरको बलमा अहमद राजाले क्याचआउट गरे ।
नेपालले चौथो विकेटका रुपमा शरद भेषावकर(३०) लाई गुमाएको छ । उनले ३७ बलमा ३ चौकासहित ३० रन जोडेका थिए । उनलाई अमिर हायातको बलिङमा इमरान हैदरले क्याचआउट गराए ।
त्यस्तै तेस्रो विकेटका रुपमा नेपालले दिपेन्द्रसिह ऐरीलाई गुमाएको छ । ऐरीले ६६ बलमा २ छक्कासहित ३५ रन बनाएर आउट भए ।