मनोरञ्जन चाडै आउदैछ

फिल्म ‘लिलिबिली’काे शीर्ष गीत सार्वजनिक, कभर भिडियो विजेतालाई १ लाख

फिल्म ‘लिलिबिली’काे शीर्ष गीत सार्वजनिक, कभर भिडियो विजेतालाई १ लाख

फिल्म ‘लिलिबिली’को शीर्ष गीत सार्वजनिक भएको छ। फिल्मको ‘घुम्न जाउँ इन्जिन गाडीमा’ बोलको गीत सार्वजनिक भएको हो।

 

एस डी योगीको स्वर तथा संगीत रहेको गीतमा एकतारेले शब्द दिएका छन्। कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा प्रदीप खड्का र जसिता गुरुङलाई फिचरिङ गरिएको छ।

 

गीत सार्वजनिक भएसँगै कभर भिडियो प्रतियोगितासमेत आह्वान गरिएको छ। सार्वजनिक गीतमा कभर भिडियो बनाएर आफ्नो र जुनसुकै युट्युब च्यानलमा अपलोड गरेर ‘लिलिबिली’को अफिसियल पेजमा पठाउनुपर्ने बताइएको छ। भिडियोको युट्युब भ्युजको आधारमा विजेता घोषणा गरिनेछ र विजेतालाई पुरस्कार राशी १ लाख रुपैयाँ दिइने बताइएको छ।

 

मिलन चाम्स निर्देशित फिल्ममा प्रदीप खड्का, जसिता गुरुङ, प्रियंका कार्की, अनुपविक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, धुर्व दत्त, रितेस चाम्स आदिको अभिनय रहेको छ।

फिल्म चैत ३० गते सार्वजनिक हुँदैछ।

विशेष