वैज्ञानिक भन्छन्ः एकपटक चुम्बन गर्दा ८ करोड ब्याक्टेरिया मुखभित्र छिर्छन्
एजेन्सी । चुम्बन कति गर्नुहुन्छ ? हरेक दिन कतिपटसम्म गर्नुहुन्छ ? नयाँ पुस्ताले यस्तो यसबारे चासो नै नराखेको हुनसक्छ । तर चुम्बन गर्दा केही गम्भीर भने हुनैपर्छ ।
नेदरल्याण्ड्सका वैज्ञानिकहरुले चुम्बनलाई ब्याक्टेरिया भित्र्याउने ठूलो माध्यमको रुपमा ब्याख्या गरेका छन् । चुम्बनको अनुसन्धानमा लागेका वैज्ञानिकहरुको टोलीले के पत्ता लगायो भने ‘१० सेकेण्ड एक चुम्बनको दौरान हो र एक चुम्बनमा करिब आठ करोड ब्याक्टेरिया मुखमा आदान प्रदान हुने गर्दछ जुन स्वास्थ्यको लागि हानिकारक हो ।’
वैज्ञानिकहरुले २१ जोडीमा गरिएको अनुसन्धानबाट पत्ता लगाए कि मानिसहरुले एक दिनमा करीब ९ पटक एकअर्कालाई चुम्बन गर्ने गर्छन् । माया गर्ने नाममा उनीहरुले एक अर्कालाई ब्याक्टेरिया समेत सारिरहेका हुन्छन् । यस्तै अध्यन अनुसार मानिसको मुखमा ७ सय प्रकारका ब्याक्टेरिया करोडौंको संख्यामा रहेका हुन्छन् । तर केही भने निक्कै तीव्र गतिमा सर्ने गर्दछन् ।
नेदरल्याण्ड अर्गनाइजेशन फर एप्लाइनड सान्टिफिक रिचर्चका अनुसन्धानकर्ताले एक जोडीलाई चुम्बन गर्न लगाउँदा उनीहरुको मुखबाट करीब १० सेकेण्डको अन्तरमा चुम्बन गरेको र्याललाई ल्याबमा परीक्षण गर्यो । यसबाट वैज्ञानिकहरुले पत्ता लगायो कि उनीहरुको १० सेकेण्कोड चुम्बनबाट एक अर्कामा करीब ८ करोड ब्याक्टेरियाहरु सरिसकेका रहेछन् ।
अनुसन्धानमा संलग्न प्रमुख प्रोफेसर रेमको कोर्ट भन्छन्, ‘फ्रेन्च किसिङ सबैभन्दा घातक हो । यस प्रकारको चुम्बनमा ब्याक्टेरियाको मात्रा तीव्र गतिले सर्न सक्ने सम्भावना हुन्छ । उनीहरुले यो अध्ययनबाट ब्याक्टेरियाग्रस्त विरामीको समस्यालाई समाधान गर्न सकिने अनुमान गरेका छन् ।