राशिफल

आज - ०४ फाल्गुण २०७४ शुक्रवारको राशिफल

आज - ०४ फाल्गुण २०७४ शुक्रवारको राशिफल

२०७४, फाल्गुन ४ गते शुक्रबार, फाल्गुनशुक्ल प्रतिपदा, धनिष्ठा/शतभिशा नक्षत्र, परिघयोग, कुम्भमा चन्द्रमा, ग्याल्पोल्होसार,

मेषः दिन उत्तम रहनेछ । आयआर्जन बढ्नेछ । आटे ताकेको काम पूरा हुनेछ । महत्वपूर्ण काम हात लाग्नेछ । मन प्रसन्न हुनेछ । 

वृषः दिन अनुकूल रहनेछ । नयाँ कामको अवसर मिल्नेछ । सामाजिक तथा साँस्कृतिक कार्यव्रmममा सहभागी भइनेछ । 

मिथुनः दिन सार्थक रहनेछ । दानपुण्य गरिनेछ । मनमा सन्तोष मिल्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । स्वास्थ्य सबल हुनेछ । 

कर्कटः दिन प्रतिकूल रहनेछ । आटेको काममा व्यवधान आउनेछ । आफन्तमा मन मुटाव हुनसक्नेछ  । ठूलो कामको आशा नगर्नु बेस हुनेछ । 

सिंहः दिन अत्युत्तम रहनेछ । यात्रा गर्ने अवसर मिल्नेछ । काममा तीव्रता आउनेछ । व्यापार व्यवसाय बढ्नेछ । प्रियजन भेटिनेछन् । 

कन्याः दिन उत्तम रहनेछ । आटेको काम बन्नेछ । शत्रु परास्त हुनेछन् । बौद्धिक काम गरिनेछ । मावलीबाट सहयोग मिल्नेछ । मनोबल बढ्नेछ । 

तुलाः दिन उचित रहनेछ । मनमा चिन्ता घट्नेछ । कामप्रति जोश, जाँगर बढ्नेछ । प्रतिस्पर्धामा सफलता मिल्नेछ । 

वृश्चिकः दिन प्रतिकूल रहनेछ । आटेको काममा बाधा उत्पन्न हुनेछ । ससाना समस्याले पिरोल्न सक्नेछ । धैर्य गर्नु बेस हुनेछ । 

धनुः दिन उत्तम रहनेछ । आटेको काम बन्नेछ । सामाजिक काममा व्यस्त भइनेछ । आफन्तबाट आवश्यक सहयोग मिल्नेछ । 

मकरः दिन अनुकूल रहनेछ । बोलीवचनमा प्रभाव बढ्नेछ ।  आर्थिक कारोबार हुनेछ । मिष्ठान्न भोजन मिल्नेछ र शरीर स्वस्थ रहनेछ । 

कुम्भः दिन भाग्योदयकारक रहनेछ । जागिरको अवसर मिल्नेछ । इष्टमित्रसँग भेटघाट हुनेछ । मन रमाउनेछ । पढाइ लेखाइले निकै फड्को मार्नेछ । 

मीनः दिन प्रतिकूल रहनेछ । खर्चमा वृद्धि हुनेछ । मुख्य काममा व्यवधान बढ्न सक्छ । धैर्य गर्नुपर्नेछ । महत्वपूर्ण कामको अपेक्षा नगर्नु राम्रो हुनेछ ।

विशेष