मुख्य समाचार

भारतका प्रधानमन्त्रीको नेपाली समकक्षीलाई टेलिफोन मार्फत शुभकामना

भारतका प्रधानमन्त्रीको नेपाली समकक्षीलाई टेलिफोन मार्फत शुभकामना

काठमाडौं ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गएराति बधाई तथा शुभकामना दिएका छन् ।

 

मोदीले गएराति साढे १० बजे टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिएको उनको निजी सचिवालयले जनाएको छ । टेलिफोन संम्वादमा मोदीले आफू प्रधानमन्त्री ओलीलाई भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको जनाउँदै नेपालको विकासका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिवद्धता सनाएका थिए ।

 

प्रधानमन्त्री ओलीले मोदीलाई आफूलाई बधाइ तथा शुभकामना व्यक्त गरेकोमा धन्यवाद दिँदै आफ्नो ध्यान नेपालको विकास र समृद्धिमा केन्द्रित रहेको र भारतसँगको मित्रताअझ सुदृढ बनाउन प्रयास गर्ने उल्लेख गरेको बुझिएको छ ।

यसैबीच भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पनि प्रधानमन्त्री ओलीलाई टेलिफोन गरेर सफल कार्यकालका लागि शुभकामना दिएकी छन् ।

विशेष