मुख्य समाचार

'त्रि–चन्द्र मिलिटरी अस्पताल भाडामा यसकारण दियाैं'

'त्रि–चन्द्र मिलिटरी अस्पताल भाडामा यसकारण दियाैं'

काठमाडौँ । नेपाली सेनाले निर्माणाधिन त्रि—चन्द्र मिलिटरी अस्पताल भवन भाडामा दिइएको सम्बन्धि आफ्नो धारणा स्पष्ट
गरेको छ ।

नेपाली सेनाले एक विज्ञप्ति प्रकासित गरी भवन बनाउन रकम अभाव भएका कारण केहि समयका लागि भाडामा दिइएको बताएको छ । साथै सेनाले अस्पताल भवनको निर्माण पुरा भएपछि पुनस् स्वास्थ्य सेवासम्बन्धि प्रयोजनमै भवनको प्रयोग हुने बताएको छ ।

विज्ञप्तिमा निर्माणाधिन भवन सम्बन्धमा विभिन्न मिडियाहरुमा प्रकाशित समाचार टिप्पणीहरु प्रति नेपाली सेनाको ध्यानाकर्षण भएको जनाउदै यस अघि १४ तले भवन बनाउने योजना रहेपनि भुमक्पीय जोखिमलाई कम गर्न भन्दै सात तले भवन निर्माण बनाउने निर्णय अनुसार सो भवनको निर्माण अन्तिम चरणमा रहेको तथा नक्सा र डिजाईन बारे सम्बन्धित निकायसँग समन्वय भईरहेको जनाएको छ ।

सो भवनको निर्नम सम्पन्न गर्न श्रोत नभएको हुँदा आय आर्जनको श्रोत विविधिकरण गर्न सक्ने व्यवस्था सैनिक सैनिक ऐन २०६३ को दफा २ को द र दफा ३१ को ङ तथा सैनिक कल्याणकारी कोष नियमावली २०६५ मा उल्लेख भए अनुसार नै कल्याणकारी कार्यहरुको निरन्तरताको लागि निर्माणाधिन भवनको केही भाग आयमूलक कार्यमा उपयोग गर्न लागिएको नेपाली सेनाले जनाएको छ ।

त्रि–चन्द्र मिलिटरी अस्पतालले चर्चेको भाग अस्पतालको ऐतिहासिक मर्म र अस्तित्व कायम रहने गरी निर्माण सम्पन्न भए पश्चात सैनिक कल्याणकारी योजनाका हिताधिकारीहरुको स्वास्थ्योपचार कार्य मै प्रयोग गरिने सेनाले स्पष्ट पारेको छ ।

साथै नेपाली सेनाले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको बेड संख्या ४९३ लाई बढाई ६३५ पुर्याईएको र सोही हाताभित्र थप सुविधा सहित अत्याधुनिक परिवार वहिरंग भवन संचालनमा आईसकेकोले दुई स्थानमा अस्पताल संचालन हुँदा जनशक्ति र उपकरणलाई दृष्टिगत गरी आर्थिक भार बढ्न गएको जनाएको छ ।

त्यस्तै निर्माणाधिन भवनको केही भाग प्रतिस्पर्धात्मक रुपमा आयमूलक कार्यको लागि प्रयोग गरी प्राप्त आम्दानीको सदुपयोग गर्दै औषधोपचार सेवा सुविधालाई क्रमश विकेन्द्रिकरण गर्दै लैजाने योजना अनुरुप प्रदेश नं। ५ को नेपालगञ्जमा, प्रदेश नं। ४ को पोखरा र प्रदेश नं। १ को इटहरीमा क्षेत्रिय सैनिक अस्पताल निर्माण कार्य भईरहेको जनाएको छ । त्यस्तै प्रदेश नं। २ र ७ मा समेत सेवा विस्तार गर्ने योजना रहेको नेपाली सेनाको विज्ञप्तिमा उल्लेख छ ।

विशेष