कर्पोरेट

भारतसँगको घाटा थेग्न मुस्किल 

भारतसँगको घाटा थेग्न मुस्किल 

काठमाडाैं । पेट्रोलियम पदार्थ, नेपाल विद्युत् प्राधिकरणले आयात गरेको विद्युत् लगायतका कारण व्यापार घाटा भारतसँग बढी रहेको देखिन्छ ।

 

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालु आवको ६ महिनामा भारतबाट मात्रै रु तीन खर्ब ५१ अर्ब ४१ करोडको आयात भएको छ । चीनतर्फ भने रु ६७ अर्ब ८६ करोडको व्यापार घाटा रहेको छ । भारततर्फको आयात बढेका कारण व्यापार घाटा पनि सोही मुलुकसँग नै बढी रहेको छ । 

आर्थिक वर्ष २०७४/७५ को छ महिनामा भन्सार तथ्याँकमा आधारित निर्यातको एकाई मूल्य सूचकांक वार्षिक विन्दुगत आधारमा ०.४ प्रतिशतले घटेको र आयात मूल्य सूचकांकमा ३.७ प्रतिशतले वृद्धि भएको छ । 

अघिल्लो वर्षको सोही महिनामा यस्तो सूचकांक ८.९ प्रतिशतले बढेको थियो । कार्पेट, पश्मिना, अलैँची, घ्यू, मुसुरोको दालको निर्यात मूल्यमा ह्रास आएका कारण निर्यात मूल्य सूचकांकमा कमी भएको हो भने पेट्रोलियम पदार्थ, सवारी साधन, टायर, रेफ्रिजिरेटर, ल्यापटपको मूल्यमा वृद्धि भएका कारण आयात मूल्य सूचकांकमा वृद्धि भएको हो । 

विशेष