खेल

जिम्बावे भ्रमणपछि अाइपिएलकाे लागि सन्दीप दिल्ली जाने

जिम्बावे भ्रमणपछि अाइपिएलकाे लागि सन्दीप दिल्ली जाने

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टाेलीका युवा स्पिनर सन्दीप लामिछाने जिम्बावे भ्रमणपछि दिल्ली जाने भएका छन् । 

उनी इन्डियन प्रिमयर लिग (आइपिएल) टिम दिल्ली डेयरडेभिल्सको क्याम्पमा सहभागि हुन दिल्ली जाने भएका हुन् । गत महिना दिल्ली डेयरडेभिल्समा आवद्ध हुँदै सन्दीपले नेपाली इतिहासमा अाफ्नाे नाम लेखाइसकेका छन् ।

दिल्लीमा आवद्ध हुँदा अभ्यासका लागि दुबईमा रहेका सन्दीप त्यतैबाट नामिबिया प्रस्थान गरेका थिए ।  नामिबियामा भएको आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा सन्दीपले १७ विकेट लिँदै म्यान अफ दि सिरिज भए । 

डिभिजन–२ खेलेका १४ खेलाडीसहित थप एक खेलाडी गरी १५ सदस्यीय नेपाली टिमले जिम्बावे भ्रमण गर्नेछ । जिम्बावे भ्रमणपछि सन्दीप आइपिएल खेल्न दिल्ली प्रस्थान गर्नेछन् ।

एकदिवसीय विश्वकप छनोट प्रतियोगिता सकिएको १४ दिनपछि आइपिएल सुरु हुनेछ । छनोट सकिए लगत्तै आइपिएल टिमको क्याम्प सुरु हुने छ । किनकी आइपिएल खेल्ने धेरै खेलाडी एकदिवसीय विश्वकप छनोटमा पनि सहभागी हुनेछन् ।

Sandeep lamichhane

विशेष