खेल

हेटाैँडा गोल्डकप फुटबल शुरु

हेटाैँडा गोल्डकप फुटबल शुरु

हेटौँडा । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान, हेटौँडाको आयोजनामा तेस्रो हेटौँडा गोल्डकप नकआउट फुटबल प्रतियोगिता आजदेखि शुरु भएको छ । 

आठवटा टोली – मनाङ मस्र्याङ्दी क्लब, एपिएफ, संकटा, थ्रिस्टार, नेपाल पुलिस क्लब, विजय युथ हेटौँडा, सुदूरपश्चिम–११ र त्रिभुवन आर्मी क्लबले भाग लिने सो प्रतियोगिताको आजको उद्घाटन खेलमा मनाङ मस्र्याङ्दी क्लबले एपिएफलाई शुन्यको विरुद्ध १ गोलले पराजित गरेको छ । पहिलो हाफको २९औँ मिनेटमा सुजल श्रेष्ठले पेनाल्टीमा गोल गरी मनाङ मस्र्याङ्दीलाई विजयी गराएका हुन् । 

फागुन १२ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा प्रथम हुने टोलीलाई रु पाँच लाख र दोस्रो हुने टोलीलाई रु तीन लाख नगद पुरस्कार दिइनेछ । आजको म्यान अफ दि म्याच मनाङका अञ्जन विष्टले रु पाँच हजार पुरस्कार प्राप्त गरे । 

भोलिको खेल विजय युथ टिम, हेटौँडा र नेपाल पुलिस क्लबबीच हुनेछ । 

nepali football

विशेष