समाज ताजा खबर

आगलागीले ९० लाखका सामान जले

आगलागीले ९० लाखका सामान जले

चौतारा । सिन्धुपाल्चोकको चौतारास्थित वल्ड भिजन इन्टरनेसनलको दुई कार्यालय भवनमा गएराति आगलागी हुँदा करिब रु ९० लाख मूल्य बराबरको धनमाल क्षति भएको छ ।

भूकम्पपछि क्रियाशील संस्थाका दुई प्रिफ्याब भवनमा लागेको आगो त्यहाँस्थित गोरखबहादुर गण, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा चौतारा नगरपालिकाको

 

दमकलद्वारा राति नै नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए ।

 

आगलागीबाट विद्युतीय सामग्री, फर्निचर कम्प्युटरलगायत विद्युतीय सामान नस्ट भएको छ ।


त्यहाँ कार्यरत चौकीदारले विद्युत् प्रवाह भएर आगलागी भएको बताए पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

विशेष