मुख्य समाचार

१९ हजारभन्दा बढी कर्मचारी र नेतालाई कारवाही गरिने

१९ हजारभन्दा बढी कर्मचारी र नेतालाई कारवाही गरिने

राष्ट्रिय सतर्कता केन्द्रले समयमै सम्पत्ति नबुझाउने १९ हजार १ सय भन्दा बढी कर्मचारीलाई कारवाही गर्ने भएको छ।


साथै उनीहरूको सम्पत्तिमाथि छानबिनसमेत गरिने केन्द्रले जनाएको छ ।


निर्धारित समयमा सम्पत्ति विवरण नबुझाउने पूर्वमन्त्री, सांसद, शिक्षक, निजामति कर्मचारी, सैनिक तथा प्रहरी कारवाहीको दायरामा परेका हुन् ।


ती पदाधिकारी तथा कर्मचारीलाई कारवाहीको माग गर्दै केन्द्रले हिजो अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष सिफारिस गरेको छ ।


कारवाहीमा पर्नेको सूचीमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, पूर्वमन्त्री विश्वेन्द्र पाश्वानलगायत छन् ।


समाचार आजको अन्नपूर्ण पोस्ट्बाट लिइएको हो ।

विशेष