शिल्पा पोखरेलले भनिन्ः आर्यन सिग्देलका कारण ३ दिनसम्म सुत्नुपर्यो
काठमाडौं । अभिनेत्री शिल्पा पोखरेलको मुख्य अभिनय भएको नयाँ फिल्म ‘मंगलम’ रिलिज हुँदैछ । यही फिल्म निर्माणसँगै शिल्पा र छवीराज ओझाको बिबाहको कुराले पनि चर्चा पाएको छ ।
हालै उनले फिल्मी करिअरबारे आफ्ना अनुभव ‘शेयर’ गरेकी छन् । एउटा फिल्मका लागि गीतको सूटमा आर्यन सिग्देलले पानीमा भिजाएको कुरालाई लिएर उनले आर्यन ‘चलाख’ भएको बताएकी छन् ।
‘के भयो भयो’ बोलको गीतमा अभिनय गर्दा पानीले निथ्रुक्कै भिजेपछि तीन दिनसम्म सुत्नुपरेको बताएकी छन् । त्यस क्रममा आर्यन सिग्देलले पानीले छ्यापेर तीन दिनसम्म सुत्नुपरेको शिल्पाको भनाइ छ ।
‘पानीमा भिज्नुपर्ने सिन थियो । आर्यन सिग्देल कस्तो बाठो भने, छाता आफैँ ओडेर मलाई रुझाइदिनुभयो,’ शिल्पाले भनिन्, ‘भृकुटीमण्डपमा भएको त्यस भिडियो सूट अझै याद छ, तीन दिनसम्म सुत्नुपर्ने भयो ।’