मुख्य समाचार

राष्ट्रियसभाले पायो पूर्णता, खतिवडा, विडारी र पौडेल मनोनित

राष्ट्रियसभाले पायो पूर्णता, खतिवडा, विडारी र पौडेल मनोनित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सिफारिस गरेका तीन जना राष्ट्रियसभाका सदस्यलाई मनोनीत गरेकी छन् । राष्ट्रपतिले मनोनीत गरेसँगै ५९ सदस्यीय राष्ट्रियसभाले पूर्णता पाएको छ ।

 

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले शेरबहादुर देउवाको कामचलाउ सरकारले सिफारिस गरेका तीन जनाको नाम फिर्ता लिँदै राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष युवराज खतिवडा, संविधानविद् रामनारायण बिडारी र डा. विमला राई पौड्याललाई राष्ट्रियसभामा सिफारिस गरेको थियो।

 

अघिल्लो सरकारले गरेको सिफारिस रोकेर राखेकी राष्ट्रपति भण्डारीले वर्तमान सरकारले सिफारिस गरेकै दिन मनोनीत गरेकी हुन् । राष्ट्रियसभामा निर्वाचित ५६ र मनोनीत ३ जना रहने संवैधानिक व्यवस्था छ।

विशेष