अपराध सुरक्षा मुख्य समाचार

मकाउमा आकर्षक रोजगारीको प्रलोभन दिएर टर्की पुर्‍याएर अपहरण

मकाउमा आकर्षक रोजगारीको प्रलोभन दिएर टर्की पुर्‍याएर अपहरण

काठमाडौैं । मकाउमा आकर्षक रोजगारीको प्रलोभन दिएर टर्की पुर्‍याउने एक व्यक्तिलाई सिआईबीले पक्राउ गरेको छ । सिअार्इबीले सप्तरीका ओम प्रकाश पञ्जिायरलाई पक्राउ गरी सिआईबीले मानब बेचबिखन तथा ओसारपसार मुद्दामा कारबाही अघि बढाएको छ ।

 

पञ्जियारले खोटाङका टिकाराम बिश्वकर्मा र मोरङका किरण मगरलार्इ वैदेशिक रोजगारीमा पठाउने एजेन्ट हुन् । पञ्जियारसँगै काम गर्ने अन्य दुई एजेन्ट दीपेश गुप्ता र पर्शुराम यादव फरार छन् ।

 

पञ्जियार किरण र टीकारामसँग १३ लाख रुपैयाँ लिएर भारत हुँदै टर्की पठाएका थिए। मकाउ जाने भन्दै एजेन्टलार्इ पैसा बुझाएका उनीहरू टर्कीमा पुगेका थिए । त्यहाँ तिनीहरूलार्इ पाकिस्तानी गिराेहले एक साता बन्दक बनाएर फिराैती मागेकाे थियाे । उनीहरु करिब १५ लाख रूपैयाँ फिरौती बुझाएर गत फागुन ४ गते नेपाल आइपुगेका छन् ।

 

मुक्तभएपछि उनीहरु नेपाल आएर पञ्जियारविरुद्ध उजुरी गरेका हुन् । पञ्जियारलाई सिआईबीले मंगलबार काठमाडौं जिल्ला अदालतबाट थुनामा राख्न म्याद लिएको छ। उनीहरुलाई टर्की पठाउने र अपहरणमा सहयोग गर्ने समूहमाथि पनि अनुसन्धान भइरहेको सिआईबीले जनाएको छ।

 

किरण र टीकारामसँगै अपहरणमा परेका ताप्लेजुङको मेवाखोला–३ का टीका लिम्बू पनि फिराैत बुझाएर अपहरणमुक्त भएका छन् । तर, उनी अझै टर्कीमा छन् ।

 

 

 

विशेष