मनोरञ्जन

पाेर्न स्टारसँग काम गरेपछि जाेशिए राम गाेपाल, गरे यस्ताे घाेषणा

पाेर्न स्टारसँग काम गरेपछि जाेशिए राम गाेपाल, गरे यस्ताे घाेषणा

मुम्बर्इ । चर्चित बलिउड निर्देशक राम गोपाल वर्माले फिल्म ‘गड, सेक्स एण्ड ट्रुथ’मार्फत् चर्चा बटुलेका छन् ।

वर्माले अमेरिकी पोर्न स्टार मिया मल्कोवालार्इ फिल्ममा डेब्यू गराएसँगै चर्चामा आएका हुन् । फिल्ममार्फत् उनले मिया मल्कोवाको जीवनमा सेक्स अर्थात् यौनको के अर्थ रहन्छ भनेर देखाउन खोजेका छन् ।

 २६ जनवरी २०१८ मा अनलाइन रिलिज गरिएको उक्त फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया पाएपछि निर्देशक वर्माले ‘गड, सेक्स एण्ड ट्रुथ २’ बनाउने घोषणा गरेका छन् । उनले ट्वीटरमार्फत् उक्त घोषणा गरेका हुन् । ट्वीटरमा यस विषयलार्इ लिएर केहीले वर्माको मजाक उडाएपनि उनले भगवान र जीएसटी प्रेमी सँधै आफ्नो साथ रहने आशा व्यक्त गरेका छन् ।

 वर्माले फेसबुकमा पनि फिल्म ‘गड, सेक्स एण्ड ट्रुथ’को बारेमा बताउँदै भनेका छन्, “न यो कुनै फिल्म हो, न कुनै छोटो फिल्म, न सिरिज नै । यो केवल मिया मल्कोवाको बारेमा छ जो सेक्सको बारेमा बताइरहेकी छिन् ।”

विशेष