मुख्य समाचार

सुष्मा प्रचण्ड वान टु वान वार्ता, के भयो कुराकानी ?

सुष्मा प्रचण्ड वान टु वान वार्ता, के भयो कुराकानी ?


काठमाडौं । नेपालको राजनीतिक भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन् ।

एक्लै होटल सोल्टीमा पुगेका माओवादी केन्द्रका अध्यक्ष दाहालसँग स्वराजको डेढघण्टा कुराकानी भएको थियो ।

भेटमा स्वराजले नयाँ बन्न लागेको सरकारलाई भारत सहयोग गर्न तयार रहेको बताएकी थिइन् । भेटपछि अध्यक्ष दाहालले भारत नयाँ सरकारलाई सहयोग गर्न तयार देखिएको प्रतिक्रिया दिए ।

“नेपालको विकास र समृद्धिका विषयमा पनि कुराकानी भयो,” दाहालले भने ।

भेटवार्तामा प्रचण्डसँग स्वराजले नयाँ सरकारका बारेमा चासो राखेकी थिइन् । उनले चुनाव सकिएपछिको अवस्थामा नयाँ सरकार गठन प्रक्रिया कसरी अघि बढ्छ ? भन्ने चासो राखेकी थिइन् ।

“चुनावपछि अब सरकार कसरी अघि बढ्छ भन्ने उहाँको चासो थियो,” दाहालले भने, “गठबन्धनले बहुमत ल्याएको छ । स्थिर सरकार बन्दैछ, भारतले सहयोग गर्छ भन्ने हाम्रो चाहना रहेको छ भन्ने कुरा राखेँ ।”

नेपालको दुईदिने भ्रमणमा आएकी स्वराजले यसअघि बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग करिब पौनेघण्टा वान टु वान वार्ता गरेकी थिइन् ।

त्यसपछि एमालेमा ओली निकटका नेताहरुसँग पनि सामूहिक भेट भएको थियो । स्वराजले राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने तयारी छ । उनी आजै स्वदेश फर्किने तयारी छ

विशेष