मनोरञ्जन

अमिताभ भन्दा लोकप्रिय साहरुख, ट्वीटरलाई अभिताभले छाड्ने चेतावनी

अमिताभ भन्दा लोकप्रिय साहरुख, ट्वीटरलाई अभिताभले छाड्ने चेतावनी

काठमाडौं । बलिउड सुपरस्टार अमिताभ बच्चनले ट्वीटर छाड्ने संकेत गरेका छन् ।

उनले ट्वीटरले आफ्नो फलोअर्स घटाइदिएको आरोप लगाएका छन् । यद्यपी, उनले अहिलेसम्म आफ्नो ट्वीटर एकाउन्ट डिलिट गरेका छैनन् । तर अब ट्वीटरमा सक्रिय नहुने बताएका छन् ।

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीपछि अभिताम ट्वीटरमा सबैभन्दा लोकप्रिय थिए। तर बुधबारबाट शाहरुख खानले ट्वीटराम अभिताभलाई उछिनेका छन् । समाचार तयार पार्दासम्म ट्वीटरमा शाहरुखका ३ करोड २९ लाख ३६ हजार २ सय ६७ फलोअर्स छन् । अमिताभका ३ करोड २९ लाख ५ सय ९० फलोअर्स छन् ।
यसै वर्ष जनवरीबाट शाहरुख खानका फलोअर्सहरुको संख्या ३ करोड २० लाख कटेको थियो ।

उनले यस विषयमा खुसी समेत व्यक्ति गरेका थिए। ‘सबैलाई नयाँ वर्षको शुभकामना । सबै खुसी र सुखी रहनुस्। ३ करोड २० लाखलाई धेरै धेरै धन्यवाद ,’ ३ जनवरीमा शाहरुखले गरेको ट्वीटमा उल्लेख थियो।

विशेष