अपराध सुरक्षा मुख्य समाचार

मनोज पुनको शव बुझ्न परिवारद्वारा अस्वीकार, शव अस्पतालमै थन्कियाे

मनोज पुनको शव बुझ्न परिवारद्वारा  अस्वीकार, शव अस्पतालमै थन्कियाे

काठमाडौं । प्रहरी इन्काउन्टरमा मारिएका गुन्डा नाइके मनोज पुनको शव बुझ्न परिवारले अस्वीकार गरेको छ।

 

पुनको शवलाई पोस्टमार्टमका लागि लुम्बिनी अञ्चल अस्पतालमा राखिए पनि परिवारका सदस्य अस्पताल आउन नमानेपछि पोस्टमार्टम हुन नसकेको एक प्रहरी अधिकृतले जानकारी दिए।

 

पुनकी श्रीमती रुपन्देहीको देवदह नगरपालिकामा बस्दै आएकी छिन्। पुनसँगै इन्काउन्टरमा मारिएका सोम आलेको परिवार भने भैरहवामा बस्दै आएका छन्। बुधबार बिहान रुपन्देहीको देवदह नगरपालिका विजयपुर ४ मा प्रहरीको मुठभेटमा पुन र आले मारिएका थिए।

विशेष