सामाजिक सञ्जाल समाज

सामाजिक सञ्जालमा केसीकाे व्यापक विराेध - केसीकाे मानविय त्रुटी भए पराजुलीकाे किन हुँदैन ?

सामाजिक सञ्जालमा केसीकाे व्यापक विराेध - केसीकाे मानविय त्रुटी भए पराजुलीकाे किन हुँदैन ?

प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीको नागरिकता किर्ते भन्दै प्रश्न उठाउँदै आएका प्रा. डा. गोविन्द केसी आफैं जन्ममिति विवादमा फसेका छन् ।

 

डा. केसीको नागरिकता, एसएलसीको चारित्रिक प्रमाणपत्र र बढुवा फारममा फरक–फरक जन्ममिति भेटिएको हो ।

 

डा. केसीको नागरिकतामा जन्ममिति २७ असोज २०१३ छ भने एसएलसीको चारित्रिक प्रमाणपत्रमा २४ माघ २०१३ रहेको पाइएको छ । यस्तै उपप्राध्यापक रहँदा सहप्राध्यापकमा बढुवा हुनका लागि भरेको आवेदन फारममा जन्ममिति २७ मंसिर २०१३ उल्लेख छ ।

 

आफ्नो जन्ममितिलाई लिएर विवाद भएपछि डा. केसीले शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरेर त्रुटी स्वीकार गरेका छन् ।

 

प्राविधिक त्रुटीका कारण एसएलसीको चारित्रिक प्रमाणपत्रमा फरक जन्ममिति हुन पुगेको उनले बताए । उनले अघि भने, जहाँसम्म मैले बढुवाका लागि भरेको आवेदनहरुमा पर्न गएको फरक जन्ममितिको कुरा छ, तिनमा मानवीय त्रुटी भएको म स्वीकार गर्छु ।’


तर यता केसीको करतुत पर्खिरहेका आम जनताले केसी माथि नै सामाजिक सञ्जालमा उल्टो प्रश्न उठाउन थालेका छन् । यदि डा केसीको प्रमाण पत्रमा मानविय त्रुटी भए प्रधानन्यायाधीश पराजुली किन हुनु हुँदैन ? भन्दै सामाजिक सञ्जालमा केसीको व्यापक विरोध भएको छ । 

विराेध गर्नेहरुमा विशेषगरी भद्र व्यक्ति र युवा पुस्ता नै बढि भेटिएका छन् । 

विशेष