छुरा प्रहारपछि फरार रहेका दुई अभियुक्त पक्राउ
झापा । झापाको अर्जुन धाराबाट छुरा प्रहारपछि फरार रहेका दुई अभियुक्त पक्राउ परेका छन् । मंगलबार राति अर्जुनधारा–११ मा रहेको बसपार्कको सिर्जना होटल अगाडि ३६ वर्षीय देवी संग्रौलालाई छुरा प्रहार गरि फरार रहेका अर्जुनधारा–६ निवासी १७ वर्षीय सन्देश उप्रेती र अर्जुनधारा–११ का १६ वर्षीय अंकित प्रधान पक्राउ परेका हुन् ।
पक्राउ परेका दुबै अभियुक्तलाई ज्यानमार्ने उद्योगमा कारवाही अघि बढाइएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जानकारी दिएको छ । छुरा प्रहारबाट गम्भिर घाइते संग्रौलाको बिर्तामोडमा रहेको बीएन्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।