खेल

पुलिस र थ्रीस्टार आमने–समाने, नतिजा आफ्नो पक्षमा आउने प्रशिक्षकको दाबी

पुलिस र थ्रीस्टार आमने–समाने, नतिजा आफ्नो पक्षमा आउने प्रशिक्षकको दाबी


काठमाडौं । १६औँ आहा रारा गोलकपको फाइनलमा नेपाल पुलिस क्लब र थ्रस्टार क्लब भिड्ने भएका छन् ।


पोखरा रंगशालामा शनिबार हुुने खेलमा प्रहरी र थ्रीस्टार पहिलो पटक आमने सामने हुन लागेका हुन् । प्रहरीले फाइनल प्रवेशका लागि धरानलाई हरायो भने थ्रीस्टारले बंगलादेशको बरिनधा क्लबलाई पराजित गर्यो । खेल आफ्नो पक्षमा आउने दुबै टिमका प्रशिक्षकको दाबी रहेको छ ।

थ्रीसटारका कोच मेघराज केसी भन्छन्, ‘हामीले अन्तिम म्याच कहिल्यै हारेनौं । नेपाल पुलिसका लागि राम्रो रणनीति तयार गरेका छौ । हामीले राम्रो खेलाडीहरू पाएका छौं । हामी विश्वात र्छौं कि हामी जित्नेछौं’ ।

त्यस्तै प्रहरीका प्रशिक्षक अनन्तराज थापा भन्छन्, ‘हामीसँग राष्ट्रिय टोली खेलाडी छैनन तर गुणस्तरीय खेलाडीहरू छन् । हामी कडा मेहनत गर्नेछौं र नतिजा आफ्नो पक्षमा पार्ने छौं’ ।

प्रतियोगिताको विजेताहरूले ७ लाख रुपैयाँ र ट्रफी पाउने छ भने उपविजेताले ३ लाख ५० हजार प्राप्त गर्ने छ ।

विशेष