देश

विदेशमा कमाएको ६ लाख कुम्ल्याएर श्रीमती बेपत्ता भएपछि...

विदेशमा कमाएको ६ लाख कुम्ल्याएर श्रीमती बेपत्ता भएपछि...


पाँचथर। फिदिम नगरपालिका–५, चोकमागुकी २६ वर्षिया ‘सुस्मिता’ भनिने कमला तुम्बापो छ लाख रुपैंयाँ लिएर बेपत्ता भएपछि उनका श्रीमान् कुबेर तुम्बापो बिचल्लीमा परेका छन् ।

 

वैदेशिक रोजगारीको शिलशिलामा केही वर्ष मलेशिया बसेर स्वदेश फर्कि मजदुरीको लागि आफू पोखरा रहेको बेला चारदिन अघि श्रीमति बेपत्ता भएको कुबेरले बताए । उनी फिदिम–२, स्थित साम्दिन घुम्ति बजार जान्छु भनेर घरबाट निस्केको तर फर्केर नआएको पारिवारले उनले बताए । उनीहरुका एक छोरा र एक छोरी रहेका छन् ।

 

उनले बेपत्ता श्रीमतिको खोजि गरिदिन जिल्ला प्रहरी कार्यालयमा निबेदन दिएका छन् ।

विशेष