मुख्य समाचार

स्वराजले भेटिन प्रधानमन्त्री देउवालाई, यस्तो भयो कुराकानी

स्वराजले भेटिन प्रधानमन्त्री देउवालाई, यस्तो भयो कुराकानी


काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहेकी भारतीय विदेश मन्त्री सुष्मा स्वराजले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटवार्ता गरेकी छन् ।

 

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा दुई देशको सम्बन्धका बारेमा कुुराकानी भएको प्रधानमन्त्रीकार्यालयले जनाएको छ । यस अघि विदेश मन्त्री स्वराजले एमाले अध्यक्ष केपी ओलीलाई हिजो नै भेटवार्ता गरेकी थिइन ।

 

आज विहान माओवादी अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेकी स्वराजले फोरम अध्यक्ष उपेन्द्र यादवसंग पनि भेटेकी थिइन । विदेशमन्त्री स्वराजले आजै मध्यान्ह राष्ट्रपति भण्डारीलाई भेट्ने कायक्रम रहेको छ ।

 


स्वराज आजै साँझ स्वदेश फिर्ता हुने छन् ।

विशेष