मुख्य समाचार

राष्ट्रपति स्वराज भेट, यस्तो भयो वार्ता

राष्ट्रपति स्वराज भेट, यस्तो भयो वार्ता


काठमाडौं । दुई दिने भ्रमणका लागि काठमाडौं आएकी भारतीय विदेश मन्त्री सुष्मा स्वराजले राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गरेकी छिन् ।

 

उनीहरुबीच राष्ट्रपति कार्यालय शितलनिवासमा भेटवार्ता भएको हो । राष्ट्रपति भण्डारी र भारतीय विदेशमन्त्री स्वराजबीच नेपाल–भारत सम्बन्धका साथै पारस्परिक हितका विविध विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

 

त्यस्तै आजै स्वराजले प्रधानमन्त्री देउवासँग पनि भेटवार्ता गरेकी छन् । अहिले केहिबेरमा कांग्रेसका नेताहरुलाई सामूहिक भेटने कार्यक्रम रहेको छ ।

 

बालुवाटारमै प्रधानमन्त्री देउवाले विदेशमन्त्री स्वराजको सम्मानमा दिवाभोजको व्यवस्था गरेका छन् ।

विशेष