मनोरञ्जन

किन विग्रियो सलमान र कबीरको सम्बन्ध?

किन विग्रियो सलमान र कबीरको सम्बन्ध?

 

एजेन्सी । निर्देशक कबीर खान र बलिउड सुपरस्टार सलमान खानको सम्बन्ध विग्रिएको छ ।

 


‘बजरंगी भाईजान’का कबीर र सलमानको सम्बन्ध बिग्रिएको भारतका सञ्चार माध्यम हरुले बताएका छन् ।

 


पछिल्लो पटक सलमानले कबीरको फिल्म ’ट्यूबलाइट’ मा काम गरेका थिए । यही फिल्मका कारण यी दुईको सम्बन्ध ठिकठाक नभएको बताइएको छ ।

 

कबीर खान बलिउडका सफल फिल्म निर्देशकमा चिनिन्छन् । उनले सलमानसँग मिलेर ‘बजरंगी भाईजान’, एक था टाइगर’, ’ट्यूबलाइट’ फिल्म बनाएका थिए । फिल्मी रिलेशनसँगै यी दुई पर्सनल लाइफमा पनि निकै मिल्ने साथी हुन् । तर, हालैमात्र बाहिरिएको सलमान र कबीरको सम्बन्ध विग्रिएको खबरले बलिउडमा ठूलै तरंग उत्पन्न गरेको छ ।

 

रिपोर्ट्सका अनुसार, सलमान फिल्ममा केही परिवर्तन गर्न चाहन्थे तर कबीर त्यसका लागि तयार भएनन् । कबीरले आफ्नो तरिकाबाट अगाडि बढ्ने फैसला लिएपछि सलमान उनीदेखी रुष्ट भएका थिए ।

 

सलमान अब कबीरबाट टाढा हुन खोजिरहेका छन् । हालैमा कबीरले आफ्नो नयाँ फिल्ममा सलमानसँग काम गर्ने इच्छा नभएको आशय व्यक्त गरेका थिए । कबीरको नयाँ फिल्म क्रिकेटमाथि बेस्ड छ । उनले यो फिल्ममा सलमानको ठाउँमा रणवीर सिंहलाई लिएका छन् ।

 

विशेष