मनोरञ्जन

फागुन १ देखि ‘बक्स अफिस’ लागू, के हाे बक्स अफिस ?

फागुन १ देखि ‘बक्स अफिस’ लागू, के हाे बक्स अफिस ?

काठमाडौं । सरकारले चलचित्र क्षेत्रलाई मर्यादित र पारदर्शी बनाउन आगामी फागुन १ गतेदेखि चलचित्र घरमा केन्द्रिकृत सिनेमा बक्स अफिस व्यवस्थापन प्रणाली (बक्स अफिस म्यानेजमेन्ट सिस्टम) लागू गर्ने भएको छ ।

 

चलचित्र विकास बोर्डलगायत चलचित्रसँग सम्बन्धित विभिन्न संघ–संस्थाले राख्दै आएको माग पूरा हुने भएपछि काठमाडौं उपत्यकाभित्र सन्चालनमा रहेका मल्टिप्लेक्स चलचित्र हलमा सो प्रणाली लागू हुने भएको हो ।

 

चलचित्र विकास बोर्डलगायत चलचित्रसँग सम्बन्धित विभिन्न संघ–संस्थाले शुक्रबार सूचना तथा सन्चारमन्त्री मोहनबहादुर बस्नेतलाई भेटी सो सिस्टमलाई चलचित्र घर र सेन्ट्रल सर्भरसँग लिंक गर्न आवश्यक पर्ने इन्टरनेट सेवा जडानका लागि नेपाल टेलिकमलगायतका अन्य इन्टरनेट सेवा प्रदायकलाई निःशुल्कमा र्वाटर सिस्टममा जडान गर्ने व्यवस्था गर्नुपर्नेलगायत विभिन्न माग गरेका थिए ।

 

सो अवसरमा सन्चारमन्त्री बस्नेतले चलचित्रको जाँच गर्ने सन्दर्भमा नेपाल चलचित्र संघ र नेपाल चलचित्र निर्माता संघकोतर्फबाट केन्द्रीय चलचित्र जाँच समितिमा एकरएकजना प्रतिनिधिलाई आमन्त्रित सदस्यकारूपमा आमन्त्रण गर्न आफू सहमत भएको बताए ।

 

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले ‘बक्स अफिस म्यानेजमेन्ट सिस्टम’ लागू भएपछि चलचित्र व्यवसायबाट प्राप्त हुने व्यावसायिक सेयर, कर तथा शुल्कमा पारदर्शी हुने विश्वास व्यक्त गरे ।

 

पहिलो चरणमा काठमाडौं उपत्यकाभित्र सन्चालनमा रहेका मल्टिप्लेक्स चलचित्र घरमा, दोस्रो चरणमा काठमाडौं उपत्यकामा रहेका अन्य चलचित्र घरमा र अन्तिम चरणमा २०७५ माघ १ गतेदेखि उपत्यकाबाहिर सन्चालनमा रहेका चलचित्र घरमा सो प्रणाली लागू गरिनेछ ।

विशेष