कर्पोरेट

टाटा मोटर्स्को २५औं सर्भिस सेन्टर ललितपुरको बागडोलमा

टाटा मोटर्स्को २५औं सर्भिस सेन्टर ललितपुरको बागडोलमा

काठमाडौं । टाटा मोटर्स एकमात्र आधिकारिक बिक्रेता सिप्रदी टे«डिङ प्राइभेट लिमिटेडले २५औं सर्भिस सेन्टर ललितपुरको बागडोलमा संचालनमा ल्याएको छ । टाटा मोटर्सका ग्राहक सेवा प्रमुख सचिन सहानीले उक्त सर्भिस सेन्टरको उद्घाटन गरेका हुन् ।

 

ग्राहकवर्गको रोजाई र नयाँ सेवा सुविधासहित सवारी बिक्रिपछिको सेवालाई कम्पनीले महत्व दिएको कारणले बढ्दो उत्पादनले उत्कृष्टताको साथै जोखिम कम गर्नमा सहयाेग पु¥याउने उनले बताए ।

 

बागडोलमा सञ्चालनमा आएको नयाँ सर्भिस सेन्टरबाट ग्राहकले हप्तामा ६ दिन बिहान ७ बजेदेखि बेलुकी साढे पाँच बजेसम्म सेवा लिन सक्ने कम्पनीले जनाएको छ ।


उक्त सर्भिस सेन्टर ७ हजार ७ सय ५० वर्ग फिट क्षेत्रफलमा फैलिएको छ । ग्राहक वर्गको आवश्यकता अनुसार कला कौशलले सुसज्जित सुक्ष्म रुपमा बिक्रि पछिको सेवा पूर्ण रुपले उपलब्ध गराउने समेत कम्पनीले जनाएको छ ।

 

आगामी पुस्ताका ग्राहकलाई ध्यानमा राखेर टाटा मोटर्स नयाँ खालका उत्पादन ल्याउन कटिवद्ध भएर लागको कम्पनीले जनाएको छ । टाटाका कार, बस र ट्रकहरु, युरोप, अफ्रिका,मध्यएसिया, दक्षिण एसिया, दक्षिण पूर्वि एसिया, दक्षिण अमेरिका, अष्टेलिया, रुस र पूर्वी यूरोपका देशहरुमा विक्री वितरण हुने गरेका छन् ।

 

सन् १९८२ देखि नेपालमा टाटा मोटर्सका आधिकारिक विक्रेता रहँदै आएको आइएसओ ९००१–२००८ प्रापक कम्पनी सिप्रदीका नेपालमा सवभन्दा ठूलो विक्री तथा सेवा केन्द्रहरु रहेका छन् ।

 

कम्पनीका देशभरि टाटा मोटर्सका कमर्शियल गाडीका १८ विक्री कार्यालय र २४ सेवा केन्द्रहरु रहेका छन् भने पेसेञ्जर गाडीका २० शोरुम र २५ सेवा केन्द्रहरु रहेका कम्पनीले जानकारी दिएको छ ।

विशेष